३. कानूनी कारबाही सम्बन्धि विवरण
कम्पनीको यस आ.व को चौथो त्रैमासिक सम्ममा कुनै पनि कानूनी कारबाही नरहेको अवस्था छ ।
४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धि विश्लेषण
यस कम्पनी मिति २०८०/०६/०२ मा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको र २०८०/०६/०४ गते बाट शेयर कारोबार सुरु भई २०८३ वैशाख ०१ देखि २०८३ असार मसान्त सम्म ६४ दिनमा निम्नानुसार कारोवार भएको छ ।
अधिकतम मुल्य : रु ४६८.१ न्यूनतम मुल्य : रु ४१५
अन्तिम मुल्य : रु : ४२२.१ कारोवार संख्या : १६,४९८
कारोवार दिन : ६४ कारोवार शेयर संख्या : ८२४,३८५
५. समस्या तथा चुनौती
विद्यमान आर्थिक मन्दीको कारण आर्थिक गतिविधिमा देखिएको सुस्थता र त्यसको कारणले बीमा व्यवसायमा देखिको नकारात्मक प्रभावलाई न्युनिकरण गर्नु आजको प्रमुख चुनौतीको रुपमा रहेको छ । यस परिस्थितिमा मुलुकको अर्थतन्त्रमा कायम नकारात्मक प्रभावबाट बीमा क्षेत्रमा पर्ने असरको साथै गुणस्तरीय बीमा व्यवसाय अभिवृद्धिका लागि दक्ष जनशक्तिको अभाव, बढ्दो महंगी तरलता संकुचन, सुरक्षित, आकर्षक र दीर्घकालिन लगानीको अवसरको कमी तथा जीवन बीमाको बारेमा जनचेतनाको कमीको साथै, जीवन बीमा कम्पनीहरु बीचको अस्वस्थ प्रतिस्पर्धा आजका प्रमुख समस्या र चुनौतिहरु हुन् ।
बीमा ब्यबसाय बृद्धिको लागी बीमाको पहुच देशब्यापी रुपमा विस्तार गर्दै बीमाबारे जनचेतना जागृत गर्ने तथा नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधि भित्र रहि लगानी अन्तर्गतको जोखिम समेतलाई ध्यानमा राखी उच्च प्रतिफल प्रदान गर्ने मजबुत बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने रणनीति अवलम्बन गरिएको छ ।
कम्पनीले पुर्वाधार, जलश्रोत तथा पर्यटनको क्षेत्रमा लगानी गर्दै लगानीलाई विविधिकरण गर्ने नीति लिएको छ । लगानी विविधिकरणको उद्देश्यले बैकिङ्ग क्षेत्रमा समेत सहभागिता जनाउँदै सानिमा बैंक लिमिटेडको आधारभूत शेयरधनीको रुपमा कम्पनीको संस्थापकको रुपमा लगानी भइरहेको छ ।
६. संस्थागत सुशासन
कम्पनीका कुशल र चुस्त व्यवस्थापनको कारण कम्पनीको संस्थागत सुशासनलाई प्रभावकारी रहेको छ । कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली सुदृढ रहनुका साथै नियमक निकायबाट जारी भएका नीति निर्देशन तथा विद्यमान नियम कानुनहरुको पूर्ण पालना गरिएको छ । साथै कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थागत सुशासन सम्वन्धि निर्देशिकाले तय गरे बमोजिम कम्पनीको संचालक स्तरीय समिति गठन गरी कम्पनीको क्रियाकलापलाई नियमित अनुगमन तथा मार्ग निर्देश गरी व्यवस्थित गर्ने गरेको छ ।
७. सत्य, तथ्यता सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोषण
आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् साथै लगानीकर्ताहरुलाई सुसुचित हुन तथा निर्णय लिन आवश्यक कुनै विवरण, सुचना तथा जानकारीहरु लुकाइएको छैन ।



