(प्रकाशित मिति २०८३/०३/१३)
यस कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडको संस्थापक शेयरधनी समूहमा हाल रहेको ७० प्रतिशत शेयर संरचनालाई ६० प्रतिशत हुनेगरी शेयरधनीको शेयर संरचना प्रचलित व्यवस्था बमोजिम परिवर्तन गर्ने सन्दर्भमा आफ्नो शेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा सम्पूर्ण संस्थापक शेयरधनीहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सर्वसाधारण समूहमा शेयर परिवर्तन गर्न नचाहनु हुने संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिबाट ३५ (पैंतीस) दिनभित्र यस बैंकको प्रधान कार्यालय गीता मन्दिर रोड, वीरगंज, पर्सामा सम्पर्क राखि लिखित रुपमा स्वः घोषणा/निवेदन दिनुहुन अनुरोध गर्दछौं ।
यो सूचनाको म्यादभित्र सर्वसाधारण समूहको शेयरमा परिवर्तन गर्न नचाहेको भनी स्वः घोषणा/निवेदन नदिनु हुने संस्थापक शेयरधनीहरुको हकमा संस्थापक शेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गर्ने तर्फ प्रक्रिया अगाडि बढाईने व्यहोरा यस सूचनाद्वारा संस्थापक शेयरधनीहरुलाई जानकारी गराउँदछौं । साथै बैंकबाट शेयर नामसारी (शेयर खरिद बिक्री, घरयासी नामसारी, मृत्यु नामसारी, अंशवण्डा आदि) स्वीकृती लिई शेयर नामसारी गर्न बाँकी रहेको सम्पूर्ण शेयरधनीहरुलाई प्रकाशित सूचनाको मिति भित्र शेयर नामसारी गरिसक्नु हुन अनुरोध गर्दछौं ।
प्रधान कार्यालय: गीता मन्दिर रोड, वीरगंज, पर्सा
फोन नं. ०५१-५३१०३१
शाखा कार्यालय: बसपार्क (बाईपास)-वीरगंज
ड्राईपोर्ट, श्रीसिया, वीरगंज, टेडारोड, चोर्नी, (जीतपुर), बरहथवा, बर्दिबास




