सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३ साउन ०९ गते
श्री आदरणीय शेयरधनी महानुभावहरु,
यस सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८३/०४/०८ गते बसेको सञ्चालक समितिको १३७औं बैठकको निर्णय अनुसार संस्थाको सातौं वार्षिक साधारण सभा निम्नलिखित मिति, समय र स्थानमा तपशिलका प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ (२) बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।
१. साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ साल साउन ३० गते (तदानुसार अगष्ट १५, २०२६ )
समय : बिहान ११:०० बजे।
स्थान : पोखरा बिपसागर होटल रेष्टुरेन्ट एण्ड बार प्रा.लि.को सभा हल
२. वार्षिक साधारण सभाका छलफलका विषयहरु
(क) सामान्य प्रस्तावहरु
- सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०७९/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।
- लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/०८२ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।
- कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०७९/८२ को बाह्य लेखापरीक्षण कार्य गर्नका लागि सञ्चालक समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।
- आर्थिक वर्ष २०७९/८२ मा भएको सञ्चालक समिति र अन्य उप-समितिको बैठक भत्ता तथा समिति सदस्यहरुको अन्य खर्च अनुमोदन सम्बन्धमा।
- सञ्चालक समितिको सदस्यहरुको नियुक्तिको अनुमोदन गर्ने सम्बन्धमा।
(ख) विशेष प्रस्तावहरु
१. कुनै पनि लघुवित्त वित्तीय संस्थाहरुका बिचमा आपसमा गाभ्ने (Merger) तथा प्राप्ती/समाहित (Acquisition) हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मुल्यांकन (Due Diligence Audit) गर्ने, परामर्शदाता, मुल्यांकनकर्ता, लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य वित्तीय संस्थाहरुका शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा।
२. नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका अन्य नियमनकारी निकायबाट स्वीकृत भई प्राप्त निर्देशन भएमा कम्पनीको प्रबन्धपत्र नियमावलीमा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न लगायतका अन्य सम्पूर्ण कार्य गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा।
(ग) विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
साधारण सभा सम्बन्धी अन्य जानकारी




