काठमाडौं — नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियालाई पारदर्शी र सहज बनाउन सबै बीमा कम्पनीलाई डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ।
प्राधिकरणले इजाजतप्राप्त बीमकलाई तीन महिनाभित्र आवश्यक प्रणाली विकास गरी सञ्चालनमा ल्याउन भनेको हो। नयाँ व्यवस्था लागू भएपछि बीमितले दाबी दर्तादेखि भुक्तानीसम्मको प्रगति अनलाइन माध्यमबाट हेर्न सक्नेछन्।
डिजिटल प्रणालीमा दाबी कुन चरणमा पुगेको छ, आवश्यक कागजात पूरा भए/नभएको अवस्था र भुक्तानी प्रक्रिया कहाँसम्म पुगेको छ भन्ने जानकारी उपलब्ध हुने प्राधिकरणले जनाएको छ।
यसबाट दाबी प्रक्रियामा हुने ढिलाइ कम गर्नुका साथै बीमा कम्पनीको जवाफदेहिता बढ्ने अपेक्षा गरिएको छ। बीमितले आफ्नो दाबीको अवस्थाबारे बारम्बार कम्पनीमा सम्पर्क गर्नुपर्ने बाध्यता पनि घट्नेछ।
प्राधिकरणले २०८३ साउन ७ को निर्णयअनुसार उक्त निर्देशन जारी गरेको हो। तोकिएको समयभित्र प्रणाली कार्यान्वयन भएपछि बीमा दाबी व्यवस्थापन थप प्रविधिमैत्री र पारदर्शी हुने अपेक्षा गरिएको छ।
KATHMANDU — The Nepal Insurance Authority has directed all licensed insurance companies to introduce a digital tracking system for insurance claims within three months, aiming to make claim settlement more transparent and efficient.
Once the system is in place, policyholders will be able to track the progress of their claims digitally from the time a claim is reported until the payment is completed.
The platform will allow customers to check the current status of a claim, whether required documents have been submitted and how far the payment process has progressed.
The authority expects the system to reduce delays, improve accountability among insurers and make the claims process more customer-friendly. Policyholders will also have less need to repeatedly contact insurance companies for updates.
The directive was issued following a decision taken by the authority on Shrawan 7, 2083. Insurers are required to develop and implement the digital tracking mechanism within the stipulated three-month period.