काठमाडौँ — नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर तय गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
युरोपियन मुद्राहरूतर्फ युरो एकको खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ । त्यसैगरी, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८५ पैसा रहेको छ ।
अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ १८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५९ पैसा निर्धारण हुँदा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा तोकिएको छ ।
एसियाली मुद्राहरूतर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा कायम छ । यस्तै, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९९ पैसा र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, थाई भाट एकको खरिददर ४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा तथा हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
खाडी मुलुकका मुद्राहरूमध्ये साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६० पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा छ । युएई दिराम एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ४८० रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ९० पैसा तथा ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा रहेको छ ।
युरोपकै स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४ रुपैयाँ ५३ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७१ पैसा र बिक्रीदर २१ रुपैयाँ ८० पैसा छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् छ ।
केन्द्रीय बैङ्कले आवश्यकताअनुसार यो दर जुनसुकै बेला संशोधन हुनसक्ने र वाणिज्य बैङ्कहरूले तोक्ने दर केही फरक पर्नसक्ने स्पष्ट पारेको छ ।



