दरमखोला हाइड्रो इनर्जी लिमिटेड
कम्पनीको रजिष्टर्ड कार्यालय: बागलुङ जिल्ला गलकोट ११, मनेवा
वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३/४/२३ गते
श्री शेयरधनी महानुभावहरु ।
मिति २०८३ साल श्रावण महिनाको २२ गते बसेको यस दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार यस लिमिटेड कम्पनीको आ.व. २०८१/२०८२ को वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न विषय उपर छलफल तथा निर्णयहरु गर्नको लागि बस्ने भएको हुँदा सर्वसाधारण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. वार्षिक साधारण सभा हुने मिति, समय तथा स्थान :
वार्षिक साधारण सभा हुने मिति : २०८३/५/१४ गते आइतबार
समय : दिउसो २.०० बजे
स्थान : काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. २९, अनामनगर, किम्ची रेष्टुरेष्ट एण्ड ब्यान्क्वेट ।
२. छलफलका विषय
(क) साधारण प्रस्तावहरुः
(१) आर्थिक वर्ष आ.व. २०८१/२०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
(२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८१/२०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने ।
(३) कम्पनी आर्थिक वर्ष २०८१/०८२ को लागि कम्पनी ऐन, २०६३ को दफा ११३ अनुसार कम्पनी रजिष्ट्रार कार्यालयबाट नियुक्त लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने सम्बन्धमा ।
(४) आर्थिक वर्ष २०८२/०८३ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।
(५) कम्पनीको आ.व. २०८१/०८२ मा सञ्चालक समितिबाट भए गरेका काम कारवाही, निर्णयहरु लाई अनुमोदन गर्ने सम्बन्धमा ।
(६) कम्पनीको सञ्चालक समिति सदस्यले लिएको तलब भत्ता अनुमोदन गर्ने सम्बन्धमा ।
(६) विविध ।
(ख) विशेष प्रस्तावहरुः
(१) कम्पनीको संचालक समितिमा नियम २७ बमोजिम सर्वसाधारण समूह (क) को ३ जना संचालक पदको निर्वाचन गर्ने सम्बन्धमा ।
(२) कम्पनीको वार्षिक साधारणसभा सम्बन्धी प्रबन्धपत्र र नियमावली तथा अन्य कानूनी संशोधन सम्बन्धित निकायहरुबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
(ग) विविध
वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारीहरुः
- वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३/५/५ गतेका दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द गरिने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/५/४ गतेसम्म कारोबार भई शेयर खरिद गरि आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरु सा सभामा भाग लिन र मतदान गर्न योग्य हुनेछन् ।
- शेयरधनी महानुभावहरुलाई वार्षिक साधारण सभाको सूचना सम्बन्धी कागजातहरु शेयरधनी दर्ता किताबमा कायम रहेको ठेगानामा जानकारी गराइनेछ । कुनै कारणवस कुनै शेयरधनी महानुभावहरुलाई सूचना प्राप्त नभएमा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा.वडा नं. ११, थापाथली, काठमाडौँमा सम्पर्क गर्न सकिनेछ ।
- वार्षिक साधारण सभामा भाग लिन हुने शेयरधनीहरु महानुभावहरु लाई आफ्नो परिचय पत्र सहित उपस्थित हुन अनुरोध छ अन्यथा सभाकक्ष भित्र प्रवेश गर्न पाइने छैन । सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावले सभाको दिन सभा सुरु हुनु भन्दा पहिले नै उपस्थिति भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु हुन अनुरोध छ । हाजिरी पुस्तिका विहान ९.०० बजे देखि सञ्चालन रहसम्म खुल्ला रहने छ ।
- सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरुले आफ्नो सम्पूर्ण शेयरको एउटै प्रतिनिधि पत्र (प्रोक्सी) फारम भरी सभा शुरु हुने समय भन्दा कम्तीमा ४८ घण्टा अगाडि कम्पनीको रजिष्टर्ड कार्यालय, का म न पा वडा नं. ११ थापाथली काठमाडौँमा दर्ता गरिसक्नु पर्नेछ ।
- सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि वा प्रतिनिधि फेरबदल गर्न चाहमा पनि सभा शुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली काठमाडौँमा प्राप्त हुने गरी सोको सूचना पठाउनु पर्नेछ । उक्त दिन सार्वजनिक बिदा हुन गएमा पनि उल्लेखित प्रयोजनको लागि कम्पनी खुल्ला रहनेछ ।




