दार्चुला पावर लिमिटेड
थापाथली, काठमाडौं
दशौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३ असोज २ गते शुक्रबार)
दार्चुला पावर लिमिटेडको मिति २०८३/०६/०१ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको दशौँ वार्षिक साधारण सभा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्नको लागि मिति २०८३/०६/२३ गते शुक्रबार बस्ने भएकोहुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितीका लागि यो सूचना प्रकाशित गरिएको छ।
दशौँ वार्षिक साधारण सभा हुने मिति, स्थान र समय:
मिति : २०८३ साल आश्विन २३ गते शुक्रबार (Friday, October 9, 2026)
स्थान : होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौं (Hotel Crystal Pashupati, Gaushala)
समय : विहान १०:०० बजे देखि (10:00 A.M. Onwards)
दशौँ वार्षिक साधारण सभाका छलफलका बिषयहरू :
क) सामान्य प्रस्ताव
१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा।
२) कम्पनी ऐन २०६३ को दफा ११३ अनुसार नियुक्त लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा।
३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०८३/०८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।
ख) विशेष प्रस्ताव
१) कम्पनीको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सम्बन्धमा।
२) कम्पनीको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गर्नका लागि पूँजी संरचनामा संशोधन सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा।
३) कम्पनीले निर्माण तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तीय संस्थाबाट लिईएको आवश्यक कर्जा कम्पनी ऐनको दफा १०५ (ख) अनुरुप तोकिएको सिमा भन्दा बढी रहेको हुँदा कर्जा अनुमोदन गर्ने तथा आयोजनाहरु विकास, निर्माण तथा संचालनको लागि थप कर्जा आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।
४) सञ्चालकहरुको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धमा।
५) कम्पनीको सहायक कम्पनीहरुमा गरिएको लगानी अनुमोदन गर्ने सम्बन्धमा।
६) कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनीको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्दा तथा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन थपघट वा परिमार्जन गर्नुपर्ने भएमा कम्पनीको सञ्चालक समितिलाई आवश्यक कार्य गर्न अख्तियारी प्रदान गर्ने सम्बन्धमा।
ग) विविध।
दशौँ वार्षिक साधारण सभा सम्बन्धी जानकारीहरू:
१) साधारण सभामा उपस्थित हुने शेयरधनीहरुले अनिवार्य रुपमा आफ्नो परिचय स्पष्ट खुल्ने किसिमको फोटो सहितको प्रमाण पत्र तथा यस कम्पनीमा कायम शेयर विवरण वा साथमा शेयर प्रमाण पत्र लिई सभामा भाग लिन हुन अनुरोध छ।
२) शेयरधनीहरुको दरखास्तको लागि शेयरधनी उपस्थिति पुस्तिका विहान ०९:३० बजेबाट खुल्ला गरिनेछ।
३) दशौँ वार्षिक साधारण सभाको प्रयोजनका लागि मिति २०८३ साल आश्विन १६ गतेको अघिल्लो दिनसम्म कायम शेयरधनीहरु मात्र यस आ.व. २०८२/०८३ को यस सभामा भाग लिन योग्य हुनेछन्।
४) साधारण सभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा वा वार्षिक प्रतिवेदन पुस्तिका अनुसारको प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्नुपर्नेछ। तर प्रतिनिधि नियुक्त गर्नु भएका शेयरधनी आफैँ उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गरेमा प्रतिनिधिपत्र स्वतःबदर हुनेछ।
५) एक भन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एक जनाले मात्र वा लागत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्नु हुनेछ। कुनै संगठित संस्था वा कम्पनी शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भागलिन सक्नु हुनेछ।
६) कुनै शेयरधनी महानुभावहरुले छलफलका विषयहरू मध्ये विविध शीर्षक अन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न/गराउन चाहेमा सभा हुनु भन्दा ७ कार्यदिन अगावै कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा प्रस्ताव दिनुपर्नेछ। तर त्यस्तो प्रस्ताव साधारण सभामा छलफल वा बहसको रुपमा समावेस गर्ने वा नगर्ने अधिकार सञ्चालक समितिको अध्यक्षमा नीहित हुनेछ।



