कात्तिक १९ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दरमखोला हाइड्रो इनर्जी लिमिटेड को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको कुल १ करोड ३ लाख ५ हजार कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई वितरण गरेको ३९ लाख ५० हजार कित्ता र संस्थापक लगानीको ६३ लाख ५५ हजार कित्ता सहित कम्पनीका कुल शेयर नेप्सेमा सूचीकृत भएका हुन्।
कम्पनीको शेयर कात्तिक २० गते स्पेशल प्रि ओपन सेसनमा कारोबार सुरु भई त्यसपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई रु. १४२ देखि रु. ४२८ सम्मको ओपनिङ्ग रेञ्ज निर्धारण गरेको छ।
नेप्सेले कम्पनीलाई DHEL स्टक टिकर प्रदान गरेको छ।





