धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ (संशोधन सहित) बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको
कोष प्रवर्द्धक: कुमारी बैंक लिमिटेड
योजना व्यवस्थापक तथा डिपोजिटरी: कुमारी क्यापिटल लिमिटेड
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित योजनाहरू
कुमारी इक्वीटी फण्ड, कुमारी धनवृद्धि योजना, कुमारी सुनौलो लगानी योजना तथा कुमारी सबल योजनाको
इकाईधनीहरुलाई प्रतिफल (नगद लाभांश) वितरण गरिएको सम्बन्धी सूचना
कुमारी बैंक लिमिटेडद्वारा कोष प्रवर्द्धन गरिएको तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तपसिलमा उल्लेखित योजनाहरुले आर्थिक वर्ष २०८१/०८२ को लागि आफ्ना इकाईधनीहरुलाई कर सहितको तल उल्लेखित नगद लाभांश वितरण गरिएको जानकारी गराउँदछौं ।
क्र.सं. योजनाको नाम योजनाको किसिम प्रतिफल दर (%) (कर सहित)
१ कुमारी इक्वीटी फण्ड बन्दमुखी योजना १०.०० प्रतिशत
२ कुमारी धनवृद्धि योजना बन्दमुखी योजना १०.०० प्रतिशत
* ३ कुमारी सुनौलो लगानी योजना खुलामुखी योजना ४.७० प्रतिशत
४ कुमारी सबल योजना बन्दमुखी योजना २.९० प्रतिशत
उक्त प्रतिफल (नगद लाभांश) आफ्नो हितग्राही खाता (BOID No.) मा आफ्नो बैंक खाता नं. अध्यावधिक गराएका सम्बन्धित योजनाका इकाईधनीहरुको बैंक खातामा जम्मा गरिएको व्यहोरा सम्पूर्ण इकाईधनीहरुलाई जानकारी गराईन्छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक नगराउनु भएका इकाईधनीहरुलाई आफ्नो हितग्राही खातामा आफ्नो बैंक खाता नं. यथाशिघ्र अध्यावधिक गराउन हुन समेत अनुरोध छ ।
* कुमारी सुनौलो लगानी योजना (खुलामुखी) को लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan (DRIP)) मा सहभागी हुन आवेदन दिनुहुने सम्पूर्ण इकाईधनीहरुले सो योजना अन्तर्गत प्राप्त थप इकाईहरु इकाईधनीहरुको हितग्राही खातामा जम्मा गरिएको व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।
साथै, आफ्नो इकाई धितो राखेका इकाईधनी महानुभावहरुको हकमा प्रतिफल प्राप्त गर्नको लागि सम्बन्धित बैंक / वित्तीय संस्थाको सहमतिपत्र (No Objection Letter) कुमारी क्यापिटल लिमिटेडमा पेश गर्नुहुन समेत अनुरोध गरिन्छ ।



