प्रथम पटक प्रकाशित मिति जेष्ठ १९, २०८३
उपरोक्त सम्बन्धमा यस कम्पनीको संचालक समितिको मिति जेष्ठ १९, २०८३ गते बसेको बैठकको निर्णय अनुसार कम्पनी ऐन २०६३ को दफा ६७ बमोजिम कम्पनीको विशेष साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयमा छलफल तथा निर्णय गर्न बस्ने भएकाले उक्त विशेष साधारण सभामा आफै उपस्थितको लागि सम्पूर्ण शेयरधनीहरुलाई सादर अनुरोध गर्दछौं ।
१. सभा हुने मिति, समय र स्थान :
मिति : आषाढ ०१, २०८३ (जुन १५, २०२६)
समय : बिहानको ९:०० बजे, सोमबार
स्थान : हिमशिखर पार्टी भेन्यु, चापागाउँ, ललितपुर ।
२. छलफलको विषय :
क) विशेष प्रस्तावहरु
१) जारी पुँजी संशोधन सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
२) कम्पनीको चुक्ता पुँजीको १:०.२८८४७४७४ अनुपातमा हुन आउने रकम रु. ६०,८२,५५,०००/- बराबरको ६०,८२,५५० कित्ता (विद्युत नियमन आयोगबाट रु. ६०,८२,५५,२६३.६३/- रकम बराबरको ६०,८२,५५२.६३ कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि स्वीकृति दिए पनि दशमलव शेयर संख्या आउने हुँदा नजिकको अंकमा परिवर्तन गरी हुने रकम) हकप्रद शेयर निष्काशन गर्ने बारे।
३) हकप्रद शेयर निष्काशनको सम्बन्धमा नियमनकारी निकायको निर्देशन र सुझाव अनुसारको कुनै कार्यहरु (प्रबन्धपत्र तथा नियमावलीको हेरफेर, परिमार्जन, संशोधन, समायोजन वा थपघट समेत) गर्नु परेमा वा हकप्रद शेयर निष्काशनको क्रममा कुनै बाधा अडचन परेमा सो फुकाउनका लागि संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।
ख) विविध
साधारण सभा सम्बन्धी अन्य जानकारी
- सभामा भाग लिनु हुने प्रत्येक शेयरधनी महानुभावहरुले सभा हुने स्थानमा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । हाजिरी पुस्तिका बिहान ८:३० बजे देखि खुल्ला रहने छ ।
- विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजीको कार्य मिति जेष्ठ २५, २०८३ गते एक दिन बन्द रहने छ । शेयरधनी पुस्तीका बन्द भएको अघिल्लो दिन मिति जेष्ठ २४, २०८३ सम्म कायम रहेका शेयरधनीहरु विशेष साधारण सभामा भाग लिनका लागि योग्य हुनेछन् ।
- संगठित संस्था शेयरधनी भएको हकमा संस्थाले प्रतिनिधि नियुक्त गरेको व्यक्ति अख्तियारी पत्र सहित उपस्थित हुनुपर्नेछ र प्राकृतिक व्यक्तिले नियुक्त गर्ने प्रोक्सी कम्पनीको शेयरधनी हुनुपर्नेछ । संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा शेयरधनी दर्ता किताबमा पहिलो नाम उल्लेख भएको शेयरधनी वा सर्वसम्मतबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले मात्र सभामा भाग लिन पाउनेछ ।
- सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीले कम्पनीको अर्को शेयरधनीलाई कम्पनीको आधिकारिक प्रतिनिधि (प्रोक्सी) फारम भरी सभा हुनु भन्दा एक (१) दिन अगावै अर्थात जेष्ठ ३१, २०८३ दिउँसो ३:०० बजे भित्र यस कम्पनीको कार्यालयमा दर्ता गराई सक्नु पर्नेछ ।
- साधारण सभा सम्बन्धी थप जानकारी आवश्यक परेमा कार्यालय समय भित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
- आफ्नो परिचय पत्र (सरकारी कार्यालयबाट जारी भएको) वा शेयर अभौतिकीकरण गरेको व्यक्तिले ने देखिने हितग्राही खाताको विवरण (Demat Account Statement) प्रस्तुत गरेपछि मात्र सभा स्थल भित्र प्रवेश गर्न पाइनेछ ।
- साधारण सभामा प्रस्तुत गरिएका प्रस्तावहरुमा आफ्नो राय तथा सुझावहरु दिन चाहनु हुने शेयरधनीहरुले मिति जेष्ठ ३१, २०८३ दिउँसो २:०० बजे सम्ममा आफ्नो राय तथा सुझावहरु लिखित रुपमा उपलब्ध गराउनुपर्ने छ । लिखित रुपमा राय तथा सुझावहरु उपलब्ध गराउने शेयरधनीहरुले मात्र उक्त सभामा आफ्नो राय तथा सुझावहरु राख्न पाउनेछन् ।
संचालक समितिको आज्ञाले
(कम्पनी सचिव)




