·

दोर्दी खोलाको हकप्रद शेयर: आजबाट आवेदन दिन सकिने

Author

Nepse trading

दोर्दी खोलाको हकप्रद शेयर: आजबाट आवेदन दिन सकिने

दोर्दी खोला जलविद्युत लिमिटेड (DORDI) ले आज (चैत १९) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम मिति २०८२, बैशाख ८ गतेसम्म तोकिएको छ। कम्पनीले फागुन १५ गते बुक क्लोज गरेकाले फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सानिमा बैंकका विराटनगर, विरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखाका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्न उच्च जोखिम रहेको संकेत गर्छ। हकप्रद शेयरबाट संकलित रकम कम्पनीले सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र महालक्ष्मी विकास बैंकको ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।

Related News