
1 min read
Latest News
ड्राइभिङ लाइसेन्सको शुल्क दोब्बर, नवीकरण गर्दा पनि अहिलेको भन्दा दोब्बर नै तिर्नुपर्नेDriving License Fee Doubled, Renewal Also Costs Double
काठमाडौँ । बाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को शुल्क बढाएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक विधेयकमार्फत लाइसेन्स आवेदन, नवीकरण र वर्ग थप शुल्कमा भारी वृद्धि गरेको हो ।
जसअनुसार साउन १ गतेदेखि बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन वा नवीकरण गर्न चाहने सेवाग्राहीका लागि नयाँ आर्थिक भार बढ्ने भएको हो ।
नयाँ व्यवस्थाअनुसार अब लाइसेन्सका लागि आवेदन दिँदा नै पहिलेको तुलनामा दोब्बर दस्तुर बुझाउनुपर्नेछ । जसअनुसार आवेदन शुल्क ५०० रुपैयाँबाट वृद्धि गरी १ हजार रुपैयाँ पुर्याइएको छ ।
यस्तै मोटरसाइकल, स्कुटर (ए वर्ग) तर्फ लाइसेन्स र नवीकरण शुल्क १ हजार ५ सयबाट वृद्धि गरी ३ हजार रुपैयाँ पुर्याइएको छ।
कार, जिप, भ्यान (बी वर्ग), टेम्पो (सी वर्ग) र पावर ट्रिलर (डी वर्ग) तर्फ २ हजारबाट वृद्धि गरी ४ हजार रुपैयाँ पुर्याइएको छ भने ट्रयाक्टर (ई वर्ग) र मिनीबस÷मिनी ट्रक (एफ वर्ग) तर्फ २ हजार ५ सयबाट वृद्धि गरी ५ हजार रुपैयाँ पुर्याइएको छ ।
जी, एच, आई र जे वर्ग (ट्रक, बस, लहरी, रोडरोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्साभेटर, ब्याकहो लोडर, ग्रेडर) तर्फ ३ हजारबाट वृद्धि गरी ६ हजार रुपैयाँ पुर्याइएको छ।
यसबाहेक आफूसँग भएको लाइसेन्समा नयाँ वर्ग थप गर्न चाहनेहरूका हकमा पनि शुल्क बढाइएको छ । जसअनुसार ए देखि एफ वर्गसम्मको हकमा ५ सयबाट १ हजार रुपैयाँ र जी देखि जे वर्गसम्मको हकमा १ हजारबाट २ हजार रुपैयाँ पुर्याइएको छ ।
शुल्कमा उल्लेख्य वृद्धि गरिए पनि लाइसेन्सको वैधता अवधि भने हालको १० वर्ष नै कायम राखिएको छ,
Kathmandu. The Bagmati Province government has increased the fees for driving licenses. The Bagmati Province government has made a significant increase in license application, renewal, and category addition fees through the economic bill introduced for the implementation of the fiscal year 2083/84.
From Shrawan 1, the financial burden on service recipients who want to obtain or renew a driving license in Bagmati Province will increase.
According to the new arrangement, the application fee has been increased to Rs 1,000 from the previous Rs 500.
The license and renewal fee for motorcycles and scooters (A category) has been increased to Rs 3,000 from Rs 1,500.
The fee for cars, jeeps, vans (B category), tempos (C category), and power trailers (D category) has been increased to Rs 4,000 from Rs 2,000, while the fee for tractors (E category) and mini-buses/min-trucks (F category) has been increased to Rs 5,000 from Rs 2,500.
The fee for categories G, H, I, and J (trucks, buses, loaders, excavators, backhoes, graders) has been increased to Rs 6,000 from Rs 3,000.
In addition, the fee has also been increased for those who want to add a new category to their existing license. According to this, the fee for categories A to F has been increased to Rs 1,000 from Rs 500, and the fee for categories G to J has been increased to Rs 2,000 from Rs 1,000.
Although there has been a significant increase in fees, the validity period of the license remains the same at 10 years.



