इस्टर्न हाइड्रोपावर लिमिटेड
ललितपुर महानगरपालिका- १०, ललितपुर
दशौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
(दोस्रो पटक प्रकाशित मिति २०८३।०६।०९)
यस कम्पनीको मिति २०८३ आश्विन ५ गते सोमबार दिनको १:०० बजे बसेको संचालक समितिको निर्णय अनुसार यस कम्पनीको दशौँ (आ.व. २०८२।८३) वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न लिखित विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई जानकारी गराउँदै सभामा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ।
दशौँ वार्षिक साधारण सभा हुने मिति, समय र स्थान :
मिति :- २०८३ आश्विन २९ गते बिहिवार (तदनुसार १५ अक्टोवर, २०२६)
समय :- विहान ११ बजे
स्थान :- होटल हार्दिक, वागवजार, काठमाण्डौ।
दशौँ वार्षिक साधारण सभाका छलफलका प्रस्तावहरु :
(१) सामान्य प्रस्तावहरु :-
क) कम्पनीको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।
ख) कम्पनीको आ.व. २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने।
ग) कम्पनीको आ.व. २०८३/८४ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।
(२) विशेष प्रस्तावहरु
क) कम्पनीको १:०.५०१ बराबरको हकप्रद शेयर (Right share) निष्काशन सम्बन्धी।
ख) कम्पनीको रजिष्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन हुनेहुँदा प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धी।
(३) विविध।
साधारण सभा सम्बन्धी थप जानकारी:



