·

दोस्रो त्रैमासमा आर्थिक वृद्धिदरमा सुधार, ४ प्रतिशत पुग्यो

Author

NEPSE trading

दोस्रो त्रैमासमा आर्थिक वृद्धिदरमा सुधार, ४ प्रतिशत पुग्यो

आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात कात्तिक, मंसिर र पुसमा आर्थिक वृद्धिदरमा सुधार देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले भनेको छ : दोस्रो त्रैमासमा चार प्रतिशतले आर्थिक वृद्धिदर भयो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर १ दशमलव १ प्रतिशतले ऋणात्मक थियो भने चालु वर्षको पहिलो त्रैमासमा ३ दशमलव २ प्रतिशतको वृद्धिदर थियो ।

अर्थतन्त्रमा सबभन्दा ठूलो हिस्सा रहेको व्यापार क्षेत्रको वृद्धिदर कम र उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक भए पनि समग्र वृद्धिदर ४ प्रतिशतको पुग्ने देखिएको तथ्यांक कार्यालयको प्रारम्भिक प्रक्षेपण छ ।

तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार धानलगायत अन्नबाली र अरु कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरीले आर्थिक वृद्धिदरमा सुधार ल्याएको हो । पछिल्लो समय आर्थिक क्रियाकलाप बढ्दै गए पनि औद्योगिक र व्यापार क्षेत्रको वृद्धि भने सन्तोषजनक नरहेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।।

०००

Related News