काठमाडौँ — टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ वटा मुलुक तथा सम्बद्ध निकायहरूले जलवायु वित्तका लागि करिब २७ करोड ३० लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। प्राकृतिक स्रोत संरक्षण परिषद् (एनआरडिसी) को विवरणअनुसार जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा हानि–नोक्सानी सम्बोधन गर्न २२ करोड ६८ लाख युरो र १ करोड २२ लाख ३४ हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा भएको हो।
दाता मुलुकमध्ये डेनमार्कले ग्लोबल इन्भायरोमेन्ट फेसिलिटी (जिइएफ) का लागि १० करोड ७० लाख युरो घोषणा गर्दै अग्रस्थान लिएको छ। यस्तै, अति कम विकसित देश कोष (एलडिसी फन्ड) मा बेल्जियमले ५ करोड युरो, स्पेनले हानि–नोक्सानी तथा अनुकूलनमा ४ करोड ५० लाख युरो र जर्मनीले १ करोड ८० लाख युरो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसैगरी दक्षिण कोरियाले जिइएफमा ६८ लाख युरो तथा आयरल्यान्ड, बेल्जियमको ब्रसेल्स क्षेत्र, पोर्चुगल, सिङ्गापुर, सोलोमन आइल्यान्ड र इस्टोनियाले पनि विभिन्न जलवायु कोषहरूमा आर्थिक योगदानको घोषणा गरेका छन्।
सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले धनी तथा विकसित राष्ट्रहरूलाई केवल घोषणामा सीमित नरही प्रतिबद्धताको शीघ्र कार्यान्वयन गर्न आग्रह गरेकी छन्। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा ०.१ प्रतिशतभन्दा कम रहे पनि जलवायुजन्य विपद्को मार अकल्पनीय रहेको उल्लेख गर्दै उनले हालैको रसुवा–भोटेकोशी बाढीले मात्र नेपाललाई करिब ५ अर्ब अमेरिकी डलर बराबरको पुनर्निर्माणको भार थपेको स्मरण गराइन्। ऋणको भार नथप्ने गरी अनुदानमा आधारित सहज वित्त र प्रधानमन्त्रीले प्रस्ताव गरेको ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ कार्यान्वयनमा ल्याउनुपर्नेमा नेपालले जोड दिएको छ।
यद्यपि, विगतका सम्मेलनहरूमा गरिएका प्रतिबद्धतासमेत पूर्ण रूपमा कार्यान्वयन नभएकाले यसपटकको घोषणामा पनि ढुक्क हुने अवस्था नरहेको वन तथा जलवायु विज्ञ डा. सिन्धुप्रसाद ढुङ्गाना बताउँछन्। उता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भने वित्तीय प्रतिबद्धता आउनु सकारात्मक सुरुवात भएको भन्दै निरन्तर कूटनीतिक पैरवी आवश्यक रहेको औँल्याएका छन्। कोप–३१ को मस्यौदामा सन् २०३५ सम्म अनुकूलन वित्तलाई तीन गुणा बढाएर कम्तीमा १२० अर्ब डलर पुर्याउने र वार्षिक ३०० अर्ब डलरको नयाँ सामूहिक लक्ष्य कार्यान्वयन गर्ने प्रस्तावसमेत समेटिएको छ।
Eleven countries and affiliated entities have pledged approximately USD 273 million in climate finance during the ongoing United Nations Climate Change Conference (COP-31) in Antalya, Turkey. According to data compiled by the Natural Resources Defense Council (NRDC), the commitments—comprising EUR 226.8 million and USD 12.234 million—are earmarked for climate change mitigation, adaptation, and addressing loss and damage in vulnerable nations.
Denmark led the donor pledges by committing EUR 107 million to the Global Environment Facility (GEF). Belgium followed with a pledge of EUR 50 million to the Least Developed Countries Fund (LDCF) for adaptation and loss and damage, while Spain committed EUR 45 million and Germany pledged EUR 18 million for similar initiatives. Additionally, South Korea announced EUR 6.8 million for the GEF, alongside contributions from Ireland, Belgium’s Brussels-Capital Region, Portugal, Singapore, the Solomon Islands, and Estonia across various global climate funds.
Addressing the closing session of the summit, Nepal’s Minister for Agriculture, Forests, and Environment, Gita Chaudhary, urged developed nations to move beyond mere declarations and ensure the swift disbursement of promised funds. Highlighting that Nepal contributes less than 0.1 percent to global greenhouse gas emissions yet bears disproportionate climate impacts, she noted that the recent Rasuwa–Bhotekoshi floods alone left Nepal facing roughly USD 5 billion in reconstruction and rehabilitation needs. She called for non-debt-creating, grant-based financing and pushed for the immediate operationalization of the Nepal-proposed ‘Himalayan Climate Resilience Mechanism.’
Despite the fresh pledges, forest and climate expert Dr. Sindhu Prasad Dhungana expressed skepticism over actual implementation, pointing out that wealthy nations have historically fallen short of fulfilling past COP commitments. Meanwhile, Dr. Dharma Raj Upreti, Chief Executive of the National Disaster Risk Reduction and Management Authority (NDRRMA), welcomed the pledges as an encouraging start while emphasizing the need for sustained diplomatic advocacy. The COP-31 draft text also proposes tripling adaptation finance to at least USD 120 billion annually by 2035 and executing the New Collective Quantified Goal (NCQG) of mobilizing USD 300 billion per year.