·

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै, ब्याजदर ७.५०%

Author

Nepse trading

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै, ब्याजदर ७.५०%

एभरेष्ट बैंक लिमिटेड (EBL) ले फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ जारी गर्न लागेको हो, जसमा वार्षिक ७.५० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन हुनेछ। यसमा ६० प्रतिशत (१८ लाख कित्ता) व्यक्तिगत तवरबाट र ४० प्रतिशत (१२ लाख कित्ता) सर्वसाधारणका लागि बाँडफाँट गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

निष्काशन छिटोमा फागुन २१ र ढिलोमा चैत ३ गते बन्द हुनेछ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताले आस्बा सेवा र ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन्। इक्रा नेपालले बैंकलाई ‘डबल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले उच्च वित्तीय सुरक्षा देखाउँछ। ब्याज रकम प्रत्येक आर्थिक वर्षको अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।

Related News