साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री बन्द बारेको सूचना
एभरेष्ट कलर लिमिटेडले आफ्नो जारी पूँजी रु.३०,००,००,०००/- को २६.३३ प्रतिशत अर्थात रु.७,९०,००,०००/- रकम बराबरको प्रति कित्ता अंकित मूल्य रु.१००/- दरको ७,९०,००० कित्ता साधारण शेयरको १० प्रतिशतले हुने ७९,००० कित्ता नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि, ५ प्रतिशतले हुने ३९,५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि र २ प्रतिशतले हुने १५,८०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि बाँडफाँड गरी बाँकी रहेको ६,५५,७०० कित्ता साधारण शेयर मिति २०८३ जेष्ठ २२ गतेदेखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सर्वसाधारण आवेदकहरुबाट माग गरे भन्दा बढि शेयर खरिदका लागि आवेदन प्राप्त हुन आएकोले आज मिति २०८३ जेष्ठ २७ गते (बैकिङ्ग समय पश्चात) सो शेयरका लागि आवेदन लिने कार्य बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गर्दछौं ।
यस निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुले यसै सूचनालाई आधिकारिक मानी साधारण शेयरका लागि दरखास्त बुझिलिने कार्य आज मिति २०८३ जेष्ठ २७ गते (बैकिङ्ग समय पश्चात) बन्द गर्नुहुन अनुरोध गर्दछौं ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु, नियमन निकाय तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद ज्ञापन गर्दछौं ।
दरखास्त दिन पाउने न्यूनतम कित्ता : १०
दरखास्त दिन पाउने अधिकतम कित्ता : १०,०००
दरखास्तसाथ प्रति साधारण शेयर रु.१००/- को दरले (शतप्रतिशत भुक्तानी माग गरिएको)
संक्षिप्त वित्तीय विवरण
विवरण वास्तविक अपरिष्कृत पौष मसान्त प्रक्षेपित
आ.व. ०७५/७६ *आ.व. ०७०/८१ आ.व. ०७८/७९ ०८२/८३ आ.व. ०८२/८३ आ.व. ०८३/८४ आ.व. ०८४/८५
| प्रति शेयर आम्दानी (EPS) (रु.) | ६.६० | ९.८८ | ५.६० | ८.३७ | ५.८२ | ८.४१ | ११.४८ |
| प्रति शेयर नेटवर्थ (रु.) | १२५.६२ | ११६.६२ | ११३.५७ | ११२.४ | ११५.११ | १२३.६२ | १३५.०६ |
| प्रति शेयर नेटवर्थ रु. | |||||||
| (पुनः मुल्यांकन कोष बाहेक) | ७८.४५ | ८८.४० | १००.०३ | १०४.०५ | १०४.२३ | ११३.३४ | १२४.८२ |
| संचित नाफा/(नोक्सान) | (२४,०८८,५५२) | (२०,९९४,६७६) | ३४,२१७ | १,०३७,७५० | १४,४८०,५६८ | ४०,०११,१७७ | ७४,४४५,६८५ |
नोट: कम्पनीको आर्थिक वर्ष २०८०/८१ का वित्तीय विवरणहरुलाई तुलनात्मक रुपमा प्रस्तुत गर्नका लागि अंकित मूल्य रु.५०/- मा आधारित तथ्यकहरुलाई आवश्यक समायोजन गरी रु.१००/- अंकित मूल्यको आधारमा पुनः प्रस्तुत गरिएको हो ।
स्वीकृत विवरणपत्र मार्फत कर्मचारीहरु र संस्थापक शेयरधनीहरुलाई साधारण शेयर बाँडफाँड भएको मितिले तीन वर्ष पूरा नभएसम्म बिक्री वितरण गर्न पाइने छैन ।
कर्मचारी, सञ्चालकहरु तथा संस्थापक शेयरधनीहरुका एकाघर सदस्यले स्वीकृत विवरणपत्र मार्फत निष्काशन गरिने प्राथमिक सार्वजनिक निष्काशनमा आवेदन दिन पाउने छैनन् ।
क्रेडिट रेटिङ्ग सम्बन्धी विवरण
स्वीकृत विवरणपत्र अनुसार सार्वजनिक रुपमा निष्काशन गर्न लागिएको साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर क्रेडिट रेटिङ्ग्स नेपाल लिमिटेड, पुतलीसडक, काठमाडौंबाट क्रेडिट रेटिङ्ग गराई मिति २०८२/०६/०९ मा “CARE-NP BB (IS)” (Double B [Issuer]) प्रमाणपत्र प्राप्त गरेको छ । उक्त रेटिङ्गले "Issuers with this rating are considered to offer moderate risk of default regarding timely servicing of financial obligations, in Nepal" जनाउँदछ । केयर रेटिङ्ग्स नेपाल लिमिटेडले CARE-NP AAA(Is) देखि CARE-NP D(Is) प्वाइन्ट रेटिङ्ग प्रदान गर्दछ । जसमा CARE-NP AAA(Is) ले बलियो आधार जनाउँछ भने CARE-NP D(Is) ले कमजोर आधारहरु जनाउँछ । दिइने विवरण पत्रको दफा ग.२२ (ट) (पृष्ठ नं. ५२) उल्लेख गरिएको छ ।
क्रेडिट रेटिङ्ग ग्रेड प्रदान गरेको मिति : २०८२/०६/०९
क्रेडिट रेटिङ्ग ग्रेड बहाल रहने मिति : २०८३/०७/०६
लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिनुहुन अनुरोध गर्दछौं ।




