NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Trending
    3. Finance Ministry Directs Provinces, Local Units to Waive Charges on Goods in Transit
    ढुवानी प्रयोजनका लागि प्रयोग हुने मार्गमा कुनै शुल्क नलगाउन अर्थ मन्त्रालयको निर्देशन
    Trending
    1 min read
    Published on December 17, 2025
    Marketminds Investment Group

    ढुवानी प्रयोजनका लागि प्रयोग हुने मार्गमा कुनै शुल्क नलगाउन अर्थ मन्त्रालयको निर्देशनFinance Ministry Directs Provinces, Local Units to Waive Charges on Goods in Transit

    अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्र प्रयोग हुने मार्गमा कुनै पनि प्रकारको कर वा शुल्क नलगाउन प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ। मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारलाई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था मिलाउन आग्रह गरेको हो।

    परिपत्रमा स्थानीय कृषक, व्यवसायी तथा समग्र व्यापारिक गतिविधिमा नकारात्मक आर्थिक असर पर्ने गरी कुनै पनि शीर्षकमा शुल्क नलगाउन स्पष्ट रूपमा उल्लेख गरिएको छ। ढुवानीका लागि मात्र प्रयोग हुने मार्गमा कर तथा दस्तुर असुली गर्दा वस्तुको लागत बढ्ने र बजार मूल्यमा प्रत्यक्ष असर पर्ने मन्त्रालयको ठहर छ।

    अर्थ मन्त्रालयले संविधान तथा प्रचलित कानुनको व्यवस्थालाई स्मरण गराउँदै अर्को जिल्ला वा स्थानीय तहबाट ढुवानी भई आउने मालवस्तु केवल मार्ग प्रयोग गरेको आधारमा कर, शुल्क वा दस्तुर असुल गर्न नपाइने स्पष्ट पारेको छ। स्थानीय तहको सीमा पार गरेर ढुवानी गरिने कृषि उपज तथा अन्य सामग्रीमा यस्तो शुल्क असुली कानुनविपरीत हुने मन्त्रालयको भनाइ छ।

    मन्त्रालयका अनुसार संविधान र कानुनविपरीत कर तथा शुल्क नलगाउने व्यवस्था सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सबै प्रदेश सरकारसम्म जानकारी गराउन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहसम्म निर्देशन पुर्‍याउन अनुरोध गरिएको छ।

    उक्त निर्णय गत मंसिर २३ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट गरिएको र सोही निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ। हालै केही स्थानीय तहले अन्य क्षेत्रबाट आएको कृषि उपजमा कर तथा शुल्क असुल गरेको गुनासो आएपछि मन्त्रालयले यस्तो स्पष्ट निर्देशन जारी गरेको हो।

    अर्थ मन्त्रालयले ढुवानीमा अनावश्यक शुल्क हटाउँदा किसानको लागत घट्ने, आपूर्ति प्रणाली सहज हुने र बजार मूल्य स्थिर राख्न सहयोग पुग्ने अपेक्षा गरेको छ।


    The Ministry of Finance has instructed provincial and local governments not to impose any taxes or fees on goods transported solely for transit purposes. The directive was issued through official circulars sent to provincial governments via the Office of the Prime Minister and Council of Ministers, and to local governments through the Ministry of Federal Affairs and General Administration.

    According to the circular, local authorities have been urged to ensure that no charges are levied in a manner that could place an additional financial burden on farmers, traders, or business activities. The ministry emphasized that imposing fees on goods merely passing through a jurisdiction increases transportation costs and disrupts the supply chain, ultimately affecting market prices.

    The Finance Ministry reminded local governments that charging taxes or fees on goods transported from another district or local unit—when the goods are not intended for local sale—contradicts constitutional provisions and existing laws. It clarified that the use of local routes for transportation alone does not grant local units the authority to impose any form of tax, duty, or service charge.

    The ministry stated that a ministerial-level decision was taken on mid-December to ensure that no taxes, fees, or duties are imposed in violation of the Constitution or prevailing laws. Following this decision, relevant agencies were formally notified to take the necessary steps for implementation.

    The directive comes in response to reports that some local governments had been collecting taxes and service charges on agricultural produce and other goods transported from neighboring local units. Such practices, the ministry noted, negatively impact farmers and businesses by increasing costs without legal justification.

    The Finance Ministry expects that removing unnecessary transit-related charges will help reduce logistical costs, support farmers and traders, and promote smoother movement of goods across the country, contributing to price stability and improved market efficiency.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026