सातौं वार्षिक साधारण सभाको सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०६/२३)
श्री आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०६/२२ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णयको लागी बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ साल कार्तिक १८ गते (तद्नुसार ०४ नोभेम्बर २०२६, बुधबार)
स्थान : काठमाडौं मेरियट होटल, नक्साल, काठमाडौं।
समय : दिनको १२ : १५ बजे देखि।
छलफल गर्ने विषयहरु :
क. साधारण प्रस्ताव :
१) वार्षिक आर्थिक विवरण र सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने सम्बन्धमा।
२) आ.व. २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।
३) आ.व. २०८३/८४ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने सम्बन्धमा।
ख. विविध
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
विशेष नोट:
- सभामा भाग लिन र मतदान गर्नको लागी प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले सभा हुने दिन भन्दा ४८ घण्टा अगावै कार्यालय समयको अपरान्ह ५.०० बजे सम्ममा कम्पनीको रजिष्टर्ड कार्यालय प्रतिनिधि नियुक्त (प्रोक्सी) सम्बन्धी फारम दर्ता गरिसक्नुपर्नेछ। प्रतिनिधि नियुक्त गर्दा कम्पनीको शेयरधनी बाहेक अन्य व्यक्तिलाई नियुक्त गर्न पाइनेछैन।
- विविध शिर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनुभन्दा दुई दिन अगावै कार्यालय समय भित्र छलफलको विषय कम्पनीका सचिव मार्फत सञ्चालक समितिका अध्यक्षलाई सम्बोधन गरी कम्पनीको रजिष्टर्ड कार्यालय आइपुग्ने गरी लिखित रुपमा पठाउनु पर्नेछ। त्यस्तो विषय कम्पनीसँग सम्बन्धित औचित्य हेरी छलफलका लागि समावेश गरिनेछ।
- कम्पनीको सातौं वार्षिक साधारण सभाको प्रयोजनको लागि मिति २०८३ कार्तिक १३ गते (३० अक्टोबर २०२६) शुक्रबारको लागि कम्पनीको शेयर दाखिल खारेज दर्ता बन्द गरिनेछ। शेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति २०८३ कार्तिक १३ गते (३० अक्टोबर २०२६) भन्दा अघिल्लो दिन २०८३ कार्तिक १२ गते (२९ अक्टोबर २०२६) बिहिवारसम्म शेयर बाँडफाँड भई कम्पनीको शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नु हुनेछ।



