·

पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोलमा २ रुपैयाँले कमी

Author

Nepse trading

पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोलमा २ रुपैयाँले कमी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नयाँ मूल्य बुधबार रातिदेखि लागू भएको हो।

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा ४ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धन (काठमाडौंबाट) मा प्रतिकिलो लिटर २९ अमेरिकी डलरले घटाइएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेक इभन मूल्यमै बिक्री गरिने जनाएको छ।

तर खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको छ।

नयाँ मूल्य इन्डियन आयल कर्पोरेसन (IOC) बाट आएको घटेको खरिद दरअनुसार समायोजन गरिएको हो। निगमका अनुसार प्रतिलिटर पेट्रोलमा २.१६ रुपैयाँ, डिजेलमा १.३० रुपैयाँ, हवाइ इन्धनमा ४.३३ रुपैयाँ र प्रतिसिलिन्डर एलपी ग्यासमा १५.७० रुपैयाँले खरिद मूल्य घटेको हो।

नयाँ समायोजनसँगै उपभोक्ताहरूले केही राहत पाउने अपेक्षा गरिएको छ।

Related News