
इन्धन मूल्य अपरिवर्तित, निगमले साविककै दरमा बिक्री गर्ने घोषणा गर्योFuel Prices Unchanged, NOC Announces Continuation of Existing Rates
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर नगर्ने निर्णय गरेको छ। सोमबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत निगमले हाल कायम खुद्रा मूल्यलाई निरन्तरता दिने जनाएको हो।
निगमले देशलाई तीन वर्गमा विभाजन गरेर इन्धन मूल्य निर्धारण गर्दै आएको छ। पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, वीरगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल २२२ रुपैयाँ ५० पैसामा पाइनेछ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङका उपभोक्ताले पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेल–मट्टितेल २२४ रुपैयाँमा खरिद गर्न पाउनेछन्। काठमाडौं, पोखरा र दिपायल पर्ने तेस्रो वर्गमा भने पेट्रोल २१७ रुपैयाँ र डिजेल–मट्टितेल २२५ रुपैयाँ प्रतिलिटर कायम रहनेछ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटबढ भइरहेका बेला पनि निगमले उपभोक्तामाथि थप भार नथोपर्ने निर्णय गरेको हो। भारतीय आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य, ढुवानी खर्च र आफ्नो समग्र वित्तीय अवस्थाको समीक्षापछि मात्र मूल्य समायोजन गर्ने निगमको नीति रहँदै आएको छ।
फिलहाल सर्वसाधारण उपभोक्ताले पहिलेकै मूल्यमा इन्धन किन्न पाउने भएका छन्।
Nepal Oil Corporation has decided to leave petroleum product prices untouched. Through a press release issued Monday, the corporation confirmed that the current retail rates for fuel will remain in effect without any revision.
NOC has long maintained a pricing structure that divides the country into three geographic zones based on proximity to supply depots and transportation costs. Under the first zone — covering Charali, Biratnagar, Janakpur, Amlekhgunj, Birgunj, Bhalwari, Nepalgunj and Dhangadhi — petrol will continue to be sold at Rs 214.50 per litre, while diesel and kerosene remain at Rs 222.50 per litre.
Consumers in Surkhet and Dang, which fall under the second zone, will pay Rs 216 per litre for petrol and Rs 224 per litre for diesel and kerosene. The third zone, covering Kathmandu, Pokhara and Dipayal, carries the highest rates — petrol at Rs 217 and diesel and kerosene at Rs 225 per litre.
The decision to hold prices steady comes at a time when crude oil values in international markets have been fluctuating. NOC typically reviews its pricing only after evaluating the latest purchase rates from Indian Oil Corporation, transportation costs, and its own overall financial position before deciding whether any adjustment is warranted.
For now, everyday consumers across the country can continue purchasing fuel at the same rates they have grown accustomed to — at least until the corporation's next round of assessment concludes otherwise.



