गणेश हिमाल हाईड्रोपावर लिमिटेड
का.म.न.पा. वडा नं. २, गैरीधारा, काठमाण्डौ
फोन नं. : ०१-४५४८८२२
आठौँ वार्षिक साधारण सभा बस्ने सूचना
यस गणेश हिमाल हाईड्रोपावर लिमिटेडको मिति २०८३/०६/०८ मा बसेको संचालक समितिको बैठकको निर्णयानुसार संस्थाको आठौँ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान :-
मिति : २०८३ साल असोज ३० गते (अक्टोबर १६, २०२६) शुक्रवार
समय : बिहान ११:०० बजे
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, गैरीधारा, काठमाण्डौ ।
छलफलका विषयहरु :
(क) सामान्य प्रस्ताव
- आ.व. २०८२/०८३ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
- आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरणहरु लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने ।
- कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/०८४ को लेखा परीक्षण कार्य तथा दफा ७८ प्रमाणित गर्ने कार्यको लागि लेखा परीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- प्रबन्ध संचालकको पारिश्रमिक, सेवा तथा सुविधा सम्बन्धमा ।
- विविध ।
(ख) विशेष प्रस्ताव
- कम्पनीको पूँजीगत संरचनामा वृद्धि गर्ने सम्बन्धमा ।
- नियमनकारी निकायहरु कम्पनी रजिष्ट्रारको कार्यालय, विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड लगायतका निकायमा कम्पनी सम्बन्धी आवश्यक पत्रचार गर्दा वा कुनै विषय, शर्तहरु लगायतमा संसोधन/फेरबदल गर्न निर्देशन, सुझाव तथा राय बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन आवश्यक भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संसोधन, भाषागत लगायतका अन्य सुधार समेत गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
- कम्पनीको नियमावली नियम २७ (२) बमोजिम साधारण सभा पछि रिक्त हुने एक जना संचालकको नियुक्ती तथा नियम २९ (२) बमोजिम स्वतन्त्र संचालकको अनुमोदन गर्ने सम्बन्धमा ।
- कम्पनीको रजिष्टर्ड कार्यालय परिवर्तन गर्न कम्पनीको प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ मा संसोधन गर्ने सम्बन्धमा ।
- विविध ।
(ग) विविध ।
वार्षिक साधारण सभा सम्बन्धि जानकारी
१) ०८ औं वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३ असोज १९ गते (अक्टोबर ०५, २०२६) सोमबार कम्पनीको शेयर दाखिल खारेज दर्ता बन्द गरिनेछ । शेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति २०८३ असोज १९ गते भन्दा अघिल्लो दिन २०८३ असोज १८ गते आईतबारसम्म शेयर बाँडफाँड भई कम्पनीको शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरु सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न योग्य हुनुहुनेछ ।
२) शेयरधनी महानुभावहरुले साधारण सभामा भाग लिन आउँदा आफ्नो राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नं. खुल्ने कागजात तथा नागरिकता प्रमाणपत्र साथमा लिई आउनु पर्ने छ । परिचय खुल्ने कागजात नदेखाई सभामा भाग लिन पाईनेछैन ।
३) निर्वाचन सम्बन्धी कार्यक्रम कम्पनीको सूचनापाटीमा टाँस गरिनेछ ।
संचालक समितिको आज्ञाले,
कम्पनी सचिव



