काठमाडौं — साताको दोस्रो दिन सोमबार नेपाली बजारमा बहुमूल्य धातु सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २ हजार १०० रुपैयाँ र चाँदी २५ रुपैयाँले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तय गरेको दैनिक मूल्यसूची अनुसार सोमबार सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
पहेँलो धातुसँगै सेतो धातु (चाँदी) को भाउमा पनि सामान्य गिरावट आएको छ। आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार झरेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
Kathmandu — Prices of precious metals gold and silver witnessed a downward trend in the domestic market on Monday, the second trading day of the week. Compared to the previous day, fine gold slid by Rs 2,100 per tola, while silver dropped by Rs 25 per tola.
According to the rate list released by the Federation of Nepal Gold and Silver Dealers' Association, fine gold is trading at Rs 294,400 per tola on Monday. On Sunday, the yellow metal was bought and sold at Rs 296,500 per tola.
In tandem with gold, silver prices also experienced a modest drop. Silver, which was traded at Rs 4,440 per tola on Sunday, settled at Rs 4,415 per tola on Monday, according to the federation.