NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  1. News
  2. Popular
  3. Gold Price Increases by Rs 7,000 and Silver by Rs 290 in a Week
एक सातामै सुन तोलामा ७ हजार र चाँदी २९० रुपैयाँले महँगियो
1 min read
Updated on July 4, 2026
Latest News

एक सातामै सुन तोलामा ७ हजार र चाँदी २९० रुपैयाँले महँगियोGold Price Increases by Rs 7,000 and Silver by Rs 290 in a Week

काठमाडौँ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनचाँदीको मूल्यमा वृद्धि भएको हो । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबारसम्ममा सुन तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो । गत साता सुनको भाउ तोलामा ८ हजार बढीले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ४ हजार ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा पुगेको थियो । सोमबार भने सुनको मूल्यमा गिरावट आएको थियो । सोमबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेसँगै प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार एकैदिन सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, बुधबार पनि सुनको मूल्यमा गिरावट आएको थियो । बुधबार सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने सुनको मूल्यमा वृद्धि भएको थियो । बिहीबार एकैदिन सुन तोलामा ६ हजार २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनमा उच्च वृद्धि भएको थियो । शुक्रबार सुन तोलामा ७ हजार २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ कायम भई यो साताको लागि कारोबार बन्द भएको हो । यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै उच्च वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबार सम्ममा चाँदी तोलामा २९० रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबार चाँदी तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एकैदिन तोलामा १८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि चाँदी तोलामा १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६१५ रुपैयाँ कायम भएको थियो ।
Kathmandu. The price of gold and silver has increased in the Nepali market due to the fluctuations in the international market. In the first trading day of the week, the price of gold per tola increased by Rs 6,900 compared to the previous Friday. According to the Nepal Gold and Silver Entrepreneurs Association, on Sunday, the price of gold per tola increased by Rs 4,700 to Rs 2,83,800. On Monday, the price of gold decreased by Rs 1,400 to Rs 2,82,400 per tola. On Tuesday, the price of gold decreased by Rs 4,500 to Rs 2,77,900 per tola. On Wednesday, the price of gold also decreased by Rs 600 to Rs 2,77,300 per tola. On Thursday, the price of gold increased by Rs 6,200 to Rs 2,83,500 per tola. On the last trading day of the week, Friday, the price of gold increased by Rs 7,200 to Rs 2,90,700 per tola. The price of silver has also increased this week. Compared to the first trading day of the week, the price of silver per tola increased by Rs 290 on Friday. According to the association, on Sunday, the price of silver per tola increased by Rs 145 to Rs 4,325. On Monday, the price of silver decreased by Rs 15 to Rs 4,310 per tola. On Tuesday, the price of silver decreased by Rs 25 to Rs 4,285 per tola. On Wednesday, the price of silver decreased by Rs 15 to Rs 4,270 per tola. On Thursday, the price of silver increased by Rs 180 to Rs 4,450 per tola. On the last trading day of the week, Friday, the price of silver increased by Rs 165 to Rs 4,615 per tola.

Trending News

  • Trending2 Jul, 2026

    नेप्सेको आजको चार्टले के भन्छ : सन्तुलनको धरातलमा उभिएको बजारNEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending

    Read news
  • Trending2 Jul, 2026

    चीनको बेइजिङमा नेपाल लगानी सम्मेलन, २०० भन्दा बढी लगानीकर्ता सहभागी हुनेNepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected

    Read news
  • Trending2 Jul, 2026

    सरकारको १०० दिनमा आर्थिक सुधारको सकारात्मक संकेत देखिएको दाबीGovernment Claims Early Economic Gains Amid Reform Drive

    Read news

Related News

  • NEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending
    Investor

    3 min read

    नेप्सेको आजको चार्टले के भन्छ : सन्तुलनको धरातलमा उभिएको बजारNEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Nepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected
    Top

    1 min read

    चीनको बेइजिङमा नेपाल लगानी सम्मेलन, २०० भन्दा बढी लगानीकर्ता सहभागी हुनेNepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Government Claims Early Economic Gains Amid Reform Drive
    Top

    2 min read

    सरकारको १०० दिनमा आर्थिक सुधारको सकारात्मक संकेत देखिएको दाबीGovernment Claims Early Economic Gains Amid Reform Drive

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Draft Company Law Amendment Proposes Stronger Investment Protection for Infrastructure Projects
    Investor

    1 min read

    कम्पनी ऐन संशोधन मस्यौदामा पूर्वाधार लगानीकर्तालाई नयाँ सुरक्षाDraft Company Law Amendment Proposes Stronger Investment Protection for Infrastructure Projects

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Foreign Exchange Rates: Dollar Selling Rate at Rs 151.76, Kuwaiti Dinar the Most Expensive
    Investor

    1 min read

    विदेशी मुद्रा विनिमय दर : डलरको बिक्री मूल्य १५१.७६ रुपैयाँ, कुवेती दिनार सबैभन्दा महँगोForeign Exchange Rates: Dollar Selling Rate at Rs 151.76, Kuwaiti Dinar the Most Expensive

    Dipesh Ghimire

    ·

    1 Jul, 2026