काठमाडौँ — स्थानीय बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ एकैदिन प्रतितोला १२ हजार २ सय रुपैयाँले घटेर २ लाख ४५ हजार ४ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबारको यो गिरावटसँगै सुनको भाउ करिब एक वर्षअघिकै विन्दुमा फर्किएको छ। गत वर्षको आजकै दिन नेपाली बजारमा सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा किनबेच भएको महासंघको तथ्यांक छ।
सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। बिहीबार प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँ रहेको चाँदी आज २२५ रुपैयाँले घटेर ३ हजार १ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत वर्षको यही दिन चाँदीको भाउ प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँ रहेको थियो।
Kathmandu — Gold and silver prices witnessed a sharp plunge in the domestic market on Friday. According to the Federation of Nepal Gold and Silver Dealers' Association (FENEGOSIDA), the price of fine gold dropped by Rs 12,200 per tola in a single day, settling at Rs 245,400. Gold was traded at Rs 257,600 per tola on Thursday.
With Friday's steep decline, gold prices have returned to levels seen roughly a year ago. According to the federation's records, gold was traded at Rs 243,000 per tola on this same day last year.
Alongside gold, silver prices also moved downward. Silver, which was priced at Rs 3,335 per tola on Thursday, fell by Rs 225 to settle at Rs 3,110 per tola on Friday, the federation stated. On the same day a year ago, silver stood at Rs 3,185 per tola.