सुनको मूल्यमा फेरि वृद्धि, प्रतितोला एक लाख ७५ हजार ४०० पुग्यो
Author
Nepse Trading

नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य एक हजार ८३० रुपैयाँ रहेको थियो।
बजारमा सुन र चाँदीको मूल्यमा आएको यो उतारचढावले व्यवसायी र उपभोक्ता दुवैको ध्यानाकर्षण गरेको छ। महासंघले मूल्य वृद्धिको कारणबारे विस्तृत जानकारी भने दिएको छैन।