
सुन स्थिर, चाँदीको मूल्यमा वृद्धिGold Price Stable, Silver Sees Increase in Nepali Market
नेपाली बजारमा आज सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन। मंगलबार कायम रहेको दरमै बुधबार पनि सुनको कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला 3 लाख १४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने आज बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १३० रुपैयाँले वृद्धि भई आज ५ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ५८५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलर विनिमय दर तथा माग आपूर्तिको अवस्थाले बहुमूल्य धातुको मूल्यमा उतारचढाव आउने गरेको देखिन्छ। पछिल्लो समय सुन स्थिर रहे पनि चाँदीको मूल्यमा क्रमशः वृद्धि देखिन थालेको छ।
Gold prices in the Nepali market remained unchanged on Wednesday, continuing at the same level recorded on Tuesday.
According to the Nepal Gold and Silver Dealers’ Association, hallmark gold is being traded at NPR 314,800 per tola, which is the same as the previous day’s price.
Meanwhile, silver prices have increased. Silver rose by NPR 130 per tola and is currently being traded at NPR 5,715 per tola. On Tuesday, silver was traded at NPR 5,585 per tola
.
Market experts say that international market trends, exchange rates, and supply–demand conditions continue to influence precious metal prices. While gold has remained stable in recent days, silver has shown a gradual upward trend.




