काठमाडौँ — घरेलु बजारमा सुनचाँदीको मूल्यमा लगातार दोस्रो दिन पनि उल्लेख्य गिरावट आएको छ। बुधबार एकैदिन तोलामा ६ हजार ३ सय रुपैयाँले ओरालो लागेको सुनको मूल्य बिहीबार थप ३ हजार ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको उतारचढाव र डलरको मजबुतीका कारण पछिल्ला केही दिनयता नेपाली बजारमा पनि सुनको भाउ निरन्तर ओरालो लागिरहेको व्यवसायीहरूले बताएका छन्। दुई दिनमै सुनको मूल्य प्रतितोला ९ हजार ६ सय रुपैयाँले सस्तिएको छ।
सुनसँगै चाँदीको भाउमा पनि बिहीबार गिरावट आएको छ। महासंघका अनुसार चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ५ सय ८० रुपैयाँमा खरिद–बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको माग र लगानीकर्ताको मनोबलमा आएको फेरबदलका कारण नेपाली बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको हो।
KATHMANDU — Domestic gold and silver prices recorded another sharp downturn on Thursday, marking the second consecutive day of substantial losses. Following Wednesday's steep plunge of NPR 6,300 per tola, gold prices slid further by NPR 3,300 per tola, according to the Federation of Nepal Gold and Silver Dealers' Association (FENEGOSIDA).
With this latest decline, fine gold was priced at NPR 257,600 per tola on Thursday, down from Wednesday's rate of NPR 260,900 per tola. Traders attributed the continuous downward spiral to shifting international bullion markets and a strengthening US dollar, which have collectively wiped out NPR 9,600 per tola from gold's market value in just two days.
Silver prices also retreated in tandem on Thursday, shedding NPR 45 per tola to settle at NPR 3,335 per tola, down from Wednesday's close of NPR 3,580 per tola. Analysts noted that the dual drop reflects broader global market corrections and changing investor sentiment toward precious metals.