कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित (शेयरमा सिमित दायित्व भएको)
गोर्खा हाइड्रोपावर लिमिटेड
काठमाण्डौ - ९, बत्तिसपुतली
विशेष साधारणसभा (SGM) बस्ने सम्बन्धी सूचना
गोर्खा हाइड्रोपावर लि. को मिति २०८३/०२/२९ गते बसेको सञ्चालक समितिको ४१ औं बैठकको निर्णयानुसार कम्पनीको विशेष साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
विशेष साधारण सभा हुने समय तालिका
स्थान : होटल इम्पेरियल (Hotel Imperial), बत्तिसपुतली, काठमाण्डौ ।
मिति : २०८३/०३/१५ (June 29, 2026), सोमबार ।
समय : बिहान १० बजे देखि ।
छलफल तथा निर्णयका लागि पेश गरिएका विशेष प्रस्तावहरु :
(क) कम्पनीको प्रबन्धपत्रको दफा ६ (क) लाई संशोधन गरि कम्पनीको अधिकृत पूँजी रु.१,८०,००,००,०००/- (अक्षरेपी एक अर्ब असी करोड मात्र) बाट वृद्धि गरि रु.२,२०,००,००,०००/- (अक्षरेपी दुई अर्ब बीस करोड मात्र) पुऱ्याउनका लागि आवश्यक छलफल गरि पारित गर्ने सम्बन्धमा ।
(ख) कम्पनीको प्रबन्धपत्रको दफा ६ (ख) लाई संशोधन गरि कम्पनीको जारी पूँजी रु.१,८०,००,००,०००/- (अक्षरेपी एक अर्ब असी करोड मात्र) बाट वृद्धि गरि रु.२,२०,००,००,०००/- (अक्षरेपी दुई अर्ब बीस करोड मात्र) पुऱ्याउनका लागि आवश्यक छलफल गरि पारित गर्ने सम्बन्धमा ।
| (ग) कम्पनीको प्रबन्धपत्रको दफा | ६ | ८० | ७५ | २० | २५ | ||
| (घ) कम्पनीको प्रबन्ध पत्रको दफा | ६ | २५ | १० | १५ | १० | २ | ५ |
(ङ) प्राथमिक सार्वजनिक शेयर (IPO) निष्काशन संग सम्बन्धित काम कार्यवाही अगाडि बढाउन स्वीकृतीको लागि नियमनकारी निकायमा पेश गर्दा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन लगायत अन्य कार्यहरु समेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
(च) प्राथमिक सार्वजनिक शेयर (IPO) निष्काशनबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धमा ।
(छ) विविध
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव




