NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Government Spends NPR 690 Billion in Six Months, Capital Expenditure Remains Weak
    सरकारले ६ महिनामा ६ खर्ब ९० अर्ब खर्च गर्‍यो, पुँजीगत खर्च कमजोर
    Top
    1 min read
    Published on February 10, 2026
    NEPSE TRADING

    सरकारले ६ महिनामा ६ खर्ब ९० अर्ब खर्च गर्‍यो, पुँजीगत खर्च कमजोरGovernment Spends NPR 690 Billion in Six Months, Capital Expenditure Remains Weak

    सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा कुल बजेटमध्ये ६ खर्ब ९० अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा अनुसार कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेटमध्ये पुस मसान्तसम्म उक्त रकम खर्च भएको हो।

    विनियोजित बजेटमध्ये चालु खर्च ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.१५ प्रतिशत खर्च भएको छ। समग्र खर्च गत वर्षको तुलनामा ३.३९ प्रतिशतले वृद्धि भएको भए पनि पुँजीगत खर्च अपेक्षाकृत कम देखिएको छ। पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको स्वीकृतिमा जटिलता तथा आन्दोलनका कारण भएको क्षतिले पुँजीगत खर्चमा असर परेको मन्त्रालयले जनाएको छ।

    चालु आर्थिक वर्षमा पूर्वतयारी नभएका तथा अनुत्पादक साना आयोजनामा विनियोजित १ खर्ब १९ अर्ब ५३ करोड रुपैयाँ बजेट स्थगन गरिएको छ। यसमध्ये आवश्यक ठहर भएका आयोजनाका लागि ४२ अर्ब २८ करोड रुपैयाँ फुकुवा गरिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए।

    राजस्व परिचालनतर्फ यस वर्ष कुल १४ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब लक्ष्यको तुलनामा ५ खर्ब ५ अर्ब ४० करोड रुपैयाँ संकलन भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.४७ प्रतिशतले बढी हो।

    आन्तरिक ऋणतर्फ वार्षिक ३ खर्ब ६२ अर्ब परिचालन गर्ने लक्ष्य रहेकामा हालसम्म १ खर्ब ७७ अर्ब रुपैयाँ संकलन भएको छ। त्यस्तै, सार्वजनिक ऋणको साँवा–व्याज भुक्तानीतर्फ १ खर्ब ८७ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ।

    समीक्षा अवधिमा ६५ अर्ब ३९ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ, जसमा २९.४४ प्रतिशत अनुदान र ७०.५६ प्रतिशत ऋण रहेको छ। अर्थमन्त्रालयले पुनः प्राथमिकीकरण, मितव्ययिता र अनुत्पादक खर्च कटौतीमा जोड दिँदै भत्ता तथा अनावश्यक खर्चमा रोक लगाउने नीति लिएको जनाएको छ।

    The Government of Nepal has spent NPR 690.21 billion in the first six months of the current fiscal year 2082/83. According to the Mid-Term Budget Review released by the Ministry of Finance, this amount was spent out of the total allocated budget of NPR 1.964 trillion by mid-January.

    Out of the total expenditure, 41.25 percent was spent on recurrent expenses, 12.12 percent on capital expenditure, and 40.15 percent on financial management. Although overall spending increased by 3.39 percent compared to last year, capital expenditure remained low due to lack of project preparation, land acquisition issues, forest clearance complications, and damages caused by recent protests.

    The Ministry has suspended NPR 119.53 billion allocated to unproductive and poorly prepared projects. Out of this, NPR 42.28 billion has been released for justified and prioritized projects, according to Finance Minister Rameshwar Khanal.

    For revenue mobilization, the government has set a target of NPR 1.48 trillion for the current fiscal year. By mid-January, it had collected NPR 505.40 billion against a target of NPR 711 billion. Revenue collection during the review period increased by 2.47 percent compared to the same period last year.

    In terms of domestic borrowing, the annual target stands at NPR 362 billion, out of which NPR 177.66 billion has been raised so far. Meanwhile, NPR 187.12 billion has already been spent on principal and interest payments of public debt.

    During the review period, foreign development assistance commitments worth NPR 65.39 billion were received, with 29.44 percent in grants and 70.56 percent in loans. The Ministry has emphasized prioritization, fiscal discipline, and reduction of unproductive spending, including restrictions on allowances and non-essential expenses, while focusing on reconstruction and mandatory obligations.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026