NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Himalaya Urja’s Profit Rises, Revenue Improves
    हिमालय उर्जाको नाफा बढ्यो, आम्दानीमा सुधार
    Top
    1 min read
    Published on February 10, 2026
    NEPSE TRADING

    हिमालय उर्जाको नाफा बढ्यो, आम्दानीमा सुधारHimalaya Urja’s Profit Rises, Revenue Improves

    हिमालय उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा वृद्धि भएको छ, जसले कम्पनीको सञ्चालन गतिविधिमा क्रमिक सुधार देखाएको छ।

    गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्म विद्युत बिक्रीमार्फत २७ करोड ७३ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्म २९ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ। यस आधारमा कम्पनीको विद्युत बिक्री आम्दानी ८.८४ प्रतिशतले बढेको देखिन्छ।

    विद्युत बिक्री आम्दानीमा सामान्य वृद्धि भए पनि वित्तीय खर्च उल्लेख्य रूपमा घटेकाले कम्पनीको नाफामा उल्लेखनीय सुधार आएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६ करोड ८० लाख रुपैयाँबाट बढेर १० करोड ४५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५३.७४ प्रतिशतले बढी हो।

    समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६.०४ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा पनि ५.७० प्रतिशतले घटेको देखिन्छ। यद्यपि, वित्तीय खर्च ४९.१० प्रतिशतले घटेकाले नाफा वृद्धिमा सकारात्मक प्रभाव परेको विश्लेषकहरूको भनाइ छ।

    पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष ८ करोड २४ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। नाफा वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६९ पैसाले बढेर १० रुपैयाँ ५६ पैसा पुगेको छ। सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.०२ गुणा रहेको छ।

    Himalaya Urja Bikas Company Limited (HURJA) has published its unaudited financial statements up to mid-January (Poush end) of the current fiscal year. According to the report, the company has recorded a modest increase in electricity sales revenue compared to the same period of the previous fiscal year, indicating gradual operational improvement.

    During the second quarter of the last fiscal year, the company earned NPR 277.3 million from electricity sales. In the corresponding period of the current fiscal year, this income increased to NPR 293.9 million, reflecting a growth of 8.84 percent in electricity sales revenue.

    Despite only a moderate rise in revenue, the company’s profitability improved significantly due to a sharp decline in financial expenses. The net profit surged from NPR 68 million to NPR 104.5 million during the review period, marking an impressive growth of 53.74 percent year-on-year.

    However, the company’s overall financial performance shows mixed results. Total income declined by 6.04 percent, while operating profit decreased by 5.70 percent. The substantial reduction in financial expenses—down by 49.10 percent—played a key role in strengthening net profitability during the period.

    As of mid-January, the company’s paid-up capital stands at NPR 1.98 billion, while its reserve remains negative at NPR 82.4 million. Alongside rising profits, earnings per share increased by NPR 3.69 to reach NPR 10.56. During the same period, the company reported a net worth per share of NPR 95.84 and a price-to-earnings ratio of 21.02 times.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026