गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने
Author
Nepse trading

गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको चैत १८ गते बसेको बैठकले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यस प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले वैशाख ५ गते विशेष साधारण सभा बोलाएको छ। सभा प्रयोजनका लागि चैत २८ गते बुक क्लोज हुनेछ, जसअनुसार चैत २७ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।
विशेष सभा तथा नियामक निकायको स्वीकृति पश्चात मात्र हकप्रद सेयर निष्कासन हुनेछ। हालै मात्र आईपीओ निष्कासन गरी गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ७५ करोड पुगेको छ। प्रस्तावित हकप्रद सेयर जारी भएपछि कम्पनीको पुँजी १ अर्ब ५० करोड पुग्नेछ।
