
गुराँस लघुवित्तले १५% लाभांश घोषणा, १४.२५% बोनस र ०.७५% नगदGurans Laghubitta Announces 15% Dividend: 14.25% Bonus Shares, 0.75% Cash
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
यस लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ। त्यसपछि मात्र शेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।
Gurans Laghubitta Bittiya Sanstha Limited (GLBSL) has announced a 15% dividend distribution to its shareholders from the profit of the previous fiscal year. The Board of Directors, in its meeting held on Ashoj 8, decided to provide a 14.25% bonus share and 0.75% cash dividend (for tax purposes), making a total of 15%.
The proposed dividend will be distributed only after receiving approval from Nepal Rastra Bank and endorsement by the upcoming Annual General Meeting (AGM).




