प्रथम वार्षिक साधारण सभा सम्बन्धी सूचना
श्री आदरणीय शेयरधनी महानुभावज्यूहरु,
यस कम्पनीको सञ्चालक समितिको मिति २०८३/०४/२१ को बैठकको निर्णयानुसार निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न यस ह्याप्पी इनर्जी लिमिटेडको प्रथम वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३/०५/२५ गते, बिहीवार (तदनुसार सेप्टेम्बर १०,२०२६)
समय : बिहान ११:०० बजे
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, का.म.न.पा.५ हाँडीगाउँ, काठमाडौँ ।
प्रथम वार्षिक साधारण सभामा पेश गर्ने प्रस्तावहरु :
(क) साधारण प्रस्तावहरु :
- आ.व.२०८२/०८३ को सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदन अध्यक्षज्यूबाट सभामा छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आ.व.२०८२/०८३ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्त सम्मको वासलात र आ.व.२०८२/०८३ को वार्षिक नाफा नोक्सान हिसाब विवरण, नगद प्रवाह विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- सञ्चालक समितिको निर्वाचन गर्ने सम्बन्धमा ।
- सञ्चालक समिति तथा अन्य उप-समितिहरुको पारिश्रमिक, भत्ता तथा सेवा सुविधा तोक्ने सम्बन्धमा ।
- अख्तियारी दिने सम्बन्धमा ।
(ख) विशेष प्रस्तावहरु :
- यस कम्पनीको सर्वसाधारण समूहतर्फका लागि छुट्याइएको शेयर (IPO) निष्काशन गर्ने सम्बन्धमा ।
- यस कम्पनीले प्रवर्द्धन गर्दै रहेको आयोजनाको लागि आवश्यक पर्ने कर्जा सुविधा लिने सम्बन्धमा ।
- विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव



