HATHY को नाफा घट्यो: ७.६७% को गिरावट
Author
Nepse trading

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको खुद नाफा ३ करोड ९२ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४७.६७ प्रतिशत कम हो।
कम्पनीको आम्दानीमा गिरावट आएकोले नाफामा पनि घट आउनु परेको हो। समीक्षामा, कम्पनीको सञ्चालन आम्दानी ५७.२४ प्रतिशत र कुल आम्दानी ५६.४२ प्रतिशत घटेको छ। साथै, कम्पनीको कुल खर्चमा ४४.१७ प्रतिशतको कमी आएको छ।
कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा घटेर १ रुपैयाँ ८५ पैसामा सीमित भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ३३ पैसा र मूल्य आम्दानी अनुपात ७४०.२६ गुणा रहेको छ।
यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग २८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने फेर भ्यालु रिजर्भ ५१ करोड ५७ लाख रुपैयाँ रहेको छ।