हिमपर्वत हाइड्रोपावर लिमिटेडले आउँदो बुधबार (कात्तिक ११ गते) बाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ। कम्पनीले आफ्नो कुल जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। पहिलो चरणको यस निष्कासनमा आयोजना प्रभावित दोलखावासी र श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपाली नागरिकले मात्र आवेदन दिन पाउनेछन्।
कम्पनीले स्थानीय बासिन्दाका लागि जम्मा १६ लाख ९० हजार कित्ता सेयर छुट्याएको छ। यसलाई पनि वर्गीकरण गर्दै अति प्रभावित क्षेत्र (बिगु गाउँपालिकाका ५, ६, ७, ८ र कालिन्चोक गाउँपालिकाका २, ३, ४ नम्बर वडा) का लागि १० लाख १४ हजार कित्ता र बाँकी वडाका लागि ६ लाख ७६ हजार कित्ता सेयर बाँडफाँट गरिनेछ। यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपालीलाई सर्वसाधारणको कोटाबाट १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५ सय कित्ता सुरक्षित गरिएको छ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि मागदाबी गर्न सक्नेछन्।
बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार, वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले अनलाइन प्रणाली 'मेरो सेयर' बाट कात्तिक १६ देखि २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। आयोजना प्रभावित स्थानीयको हकमा भने छिटोमा कात्तिक २५ र मागअनुसार आवेदन नपरेमा मंसिर १० गतेसम्म म्याद थपिनेछ। स्थानीयले दोलखामा रहेका सिटिजन्स, प्रभु, नेपाल इन्भेस्टमेन्ट, सिन्धु विकास र लक्ष्मी सनराइज बैंकका शाखा तथा काउन्टरमार्फत फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ।
Him Parbat Hydropower Limited is set to initiate its Initial Public Offering (IPO) process starting this Wednesday (Kartik 11). The company is issuing shares worth Rs 591.5 million (Rs 59.15 crore), which accounts for 35 percent of its total issued capital. In this first phase, the IPO will be open exclusively to project-affected locals of Dolakha and Nepali citizens working abroad with valid labor approvals.
The company has allocated a total of 1,690,000 shares for local residents. This allocation is further categorized: 1,014,000 shares are set aside for the highly affected areas (Wards 5, 6, 7, and 8 of Bigu Rural Municipality, and Wards 2, 3, and 4 of Kalinchowk Rural Municipality), while the remaining 676,000 shares are designated for the other wards. Similarly, 10 percent of the quota reserved for the general public, amounting to 422,500 shares, has been secured for Nepalis in foreign employment. Investors can apply for a minimum of 10 shares and a maximum of 10,000 shares.
According to the issue manager, Citizens Capital, investors in foreign employment must submit their applications through the online system 'Mero Share' between Kartik 16 and Kartik 25. For project-affected locals, the early closing date is set for Kartik 25, with a provision to extend the deadline up to Mangsir 10 if the issue goes undersubscribed. Arrangements have been made for locals to fill out application forms through the specified branches and extension counters of Citizens, Prabhu, Nepal Investment, Sindhu Bikas, and Laxmi Sunrise Bank located in Dolakha.