काठमाडौं— सामान खरिद गर्दा बिल लिने बानीले नुवाकोटकी सन्तमाया तामाङको भाग्य चम्काएको छ। आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत गोलाप्रथाबाट छानिएकी उनले मात्र ३ हजार रुपैयाँको खरिद बिलका आधारमा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी हुन्।
सर्वसाधारणमा अनिवार्य बिल माग्ने संस्कृतिको विकास गर्ने उद्देश्यले असोज १६ देखि ३१ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानमा क्यूआर भुक्तानीसहित ३ करोड ७७ लाखभन्दा बढी कारोबार दर्ता भएका थिए। आइतबार काठमाडौंको विशाल बजारमा आयोजित विशेष समारोहमा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले गोलाप्रथा तानेर विजेताको नाम घोषणा गरेका थिए।
विभागका अनुसार बम्पर विजेता तामाङले नियमानुसार लाग्ने करकट्टीपछि खुद ७ लाख ५० हजार रुपैयाँ नगद पाउनेछन्। यस्तै, दैनिक गोलाप्रथाबाट छनोट भएका अन्य १६ जना विजेताले जनही १ लाख रुपैयाँ (करकट्टीअघि १ लाख ३४ हजार ३३४ रुपैयाँ) प्राप्त गरेका छन्। पुरस्कार दाबी गर्न विजेताहरूले कात्तिक १५ गतेभित्र सक्कल बिलसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
Kathmandu — The simple habit of asking for a purchase invoice has turned incredibly lucrative for Santamaya Tamang of Nuwakot. Through a lucky draw conducted under the Inland Revenue Department’s (IRD) 'Taxpayer Incentive Reward Program,' Tamang bagged a bumper cash prize of Rs 1 million (Rs 10 Lakhs) from a shopping bill of just Rs 3,000.
The winners were announced on Sunday during a special event held at Bishal Bazar, where renowned actors Deepak Raj Giri and Deepa Shree Niraula drew the lucky numbers. Launched to encourage consumers to actively request official receipts for their purchases, the campaign ran from Ashwin 16 to 31. The initiative saw massive participation, registering over 37.7 million transactions, including those made via QR payments.
According to the IRD, Tamang will receive a net cash payout of Rs 750,000 after mandatory tax deductions. In addition to the bumper prize, 16 other daily winners were selected to receive a net cash prize of Rs 100,000 each. To claim their rewards, all 17 winners are required to visit their nearest Inland Revenue Office with their original purchase bills by Kartik 15.