·
हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा
Author
Nepse trading
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरेको हो।
कम्पनीका अनुसार बोनस शेयरमा लाग्ने कर भने शेयरधनीले आफैं तिर्नुपर्नेछ। यो प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ। यस निर्णयले शेयरधनीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।