हिमालयन पावर पार्टनर लिमिटेड
तेह्रौं वार्षिक साधारण सभाको निर्णय विवरण (माईन्यूटका) संक्षिप्त जानकारी
यस हिमालयन पावर पार्टनर लिमिटेडको मिति २०८३/०३/१० मा बसेको सञ्चालक समितिको ८१औं बैठकको निर्णय अनुसार मिति २०८३ साल आषाढ ३२ गतेका दिन कम्पनीको तेह्रौं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष श्री गुरुप्रसाद ढकालज्यूको अध्यक्षतामा आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौँमा बिहान ९:०० बजेदेखि बसि निम्न बमोजिमको प्रस्ताव उपर छलफल तथा निर्णय पारित गरि सभा सम्पन्न भयो ।
सभाबाट भएका निर्णयहरु:
(क) सामान्य प्रस्ताव उपर छलफल तथा निर्णय:
- सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री गुरुप्रसाद ढकालज्यूले प्रस्तुत गर्नु भएको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि उक्त वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्ने निर्णय गर्यो ।
- लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा मिति २०८१ श्रावण १ देखि २०८२ आषाढ मसान्तसम्मको नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विवरण पारित गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश भएकोमा सभाले सर्वसम्मतिबाट उक्त प्रस्ताव पारित गर्यो ।
- कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिशमा लेखापरीक्षक PYC & Associates, Chartered Accountants संस्थालाई लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश भएकोमा सभाले मु.अ. कर बाहेक एकमुष्ट पारिश्रमिक रु.२२०,०००/- (अक्षरूपी: रु. दुई लाख बीस मात्र) दिने गरी लेखापरीक्षक PYC & Associates, Chartered Accountants संस्थालाई नियुक्त गर्ने उक्त प्रस्ताव सर्वसम्मतिले पारित गर्यो ।
- सञ्चालक समितिको निर्वाचन गर्ने सम्बन्धमाः
वर्तमान सञ्चालक समितिको ४ वर्ष कार्यकाल समाप्त भएकोले सञ्चालक समितिको निर्वाचन गर्न गराउनका लागि सञ्चालक समितिको मिति २०८३/०३/१० को बैठकको निर्णय अनुसार वरिष्ठ अधिवक्ता श्री विष्णु प्रसाद बाँस्कोटालाई निर्वाचन अधिकृत नियुक्त गरिएकोमा निजले सञ्चालक समितिको निर्वाचन गर्न २०८३/०३/२२ मा निर्वाचन कार्यक्रम समेत प्रकाशन गरि निर्वाचन सम्बन्धी तोकिएका सम्पूर्ण कार्यक्रम सम्पन्न भएको जानकारी गराउँदै संस्थापक शेयरधनी समूहबाट उम्मेदवारी दर्ता गराएका श्री चन्द्र प्रसाद ढकाल, श्री स्वेच्छा ढकाल र सर्वसाधारण शेयरधनी समूहबाट उम्मेदवारी दर्ता गराएका श्री अर्जुन पौडेल शर्मा, श्री स्वरुप ढुङ्गाना, श्री निर्मल अधिकारी र श्री अम्बिका प्रसाद पौडेलले उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिए पश्चात निर्वाचन गर्नु पर्ने पद संस्थापक शेयरधनी समूहबाट ४ भएकोमा श्री गुरुप्रसाद ढकाल, श्री महेन्द्र राज अधिकारी र श्री अतुल आचार्य गरी ३ जनाको मात्र उम्मेदवारी कायम रहेको तथा सर्वसाधारण शेयरधनी समूहबाट श्री दिवाकर पौडेल र श्री हेमन्त राज पाण्डेय गरी २ जना मात्र उम्मेदवारी कायम भएकाले देहाय बमोजिमका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको घोषणा गर्न भयो ।
संस्थापक शेयरधनीबाट निर्विरोध निर्वाचित सञ्चालक:
(क) श्री गुरुप्रसाद ढकाल
(ख) श्री महेन्द्र राज अधिकारी
(ग) श्री अतुल आचार्य
सर्वसाधारण शेयरधनीबाट निर्विरोध निर्वाचित सञ्चालक:
(क) श्री दिवाकर पौडेल
(ख) श्री हेमन्त राज पाण्डेय
निर्वाचन अधिकृतले उल्लेखित शेयरधनीहरु ४ वर्ष पदावधिका लागि कम्पनीको संचालकमा निर्विरोध निर्वाचित भएको कुरा सभामा पढेर जानकारी गराउनु हुँदै नवनिर्वाचित संचालकहरुको कार्यकालको सफलताको कामना सहित निर्वाचनको सम्पूर्ण कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भयो । साथै निर्वाचन अधिकृतले सञ्चालक निर्वाचन सम्बन्धी गरेको घोषणालाई सभाबाट अनुमोदन गरियो ।
५. स्वतन्त्र सञ्चालक नियुक्त गर्ने सम्बन्धमाः
स्वतन्त्र सञ्चालक नियुक्तिका सम्बन्धमा सञ्चालक समितिले कम्पनी ऐन, २०६३ तथा कम्पनीको नियमावलीको नियम २९ मा भएको प्रावधान अनुसार योग्यता र अनुभव पुगेको तपसीलका व्यक्तिहरु मध्ये एक जनालाई स्वतन्त्र सञ्चालक नियुक्ति गरियोस् भनी अध्यक्षज्यूले सभा समक्ष प्रस्ताव पेश गर्नु भएकोमा सभाले सर्वसम्मतिबाट डा. हेमन्त कुमार दवाडीलाई स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने निर्णय गर्यो ।
(ख) विशेष प्रस्ताव उपर छलफल तथा निर्णय:
१. कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोग रकम रु.१,४३,०००/- लाई अनुमोदन गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश भएकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित गर्यो ।
२. कम्पनीको प्रबन्धपत्र र नियमावलीका प्रावधानहरु संशोधन गर्ने सम्बन्धमा प्रस्ताव पेश भएकोमा सभाले सर्वसम्मतिबाट देहाय बमोजिम हुने गरी प्रबन्धपत्रका दफा र नियमावलीको नियम संशोधन गर्ने निर्णय गर्यो ।
(क) प्रबन्धपत्रमा भएको संशोधन:
दफा ८ शेयर खरिद वा हक हस्तान्तरण गर्न कुनै बन्देज रहेको भए सो कुरा :
(१) शेयरधनीले हकप्रद शेयर खरिद गर्न हक हस्तान्तरण गर्न चाहेमा निजले चाहेको व्यक्तिलाई शेयर खरिद गर्ने हक हस्तान्तरण गर्न सक्नेछ । शेयर खरिद तथा हस्तान्तरण गर्न बन्देज सम्बन्धी अन्य व्यवस्था कम्पनी ऐन, धितोपत्र कारोबार सम्बन्धी कानुन तथा अन्य प्रचलित कानुनमा उल्लेख भए बमोजिम हुनेछ ।
(ख) नियमावलीमा भएको संशोधन:
नियम २७ सञ्चालक समितिको गठन, संख्या र कार्यकाल:
(२) यस कम्पनीमा शेयरधनीहरुको सहमतिबाट मनोनित वा शेयरधनीहरुबाट निर्वाचित ६ (छ) जना र स्वतन्त्र (विशेषज्ञ) सञ्चालक १ (एक) जना गरी जम्मा ७ (सात) जनाको सञ्चालक समिति रहनेछ ।




