हिमालयन पावर पार्टनरको हकप्रद शेयर बाँडफाँट र रकम फिर्ता सूचनाHimalayan Power Partner: Right Share Allotment and Refund Notice
- वर्ग:
- Dividend, Bonus & Rights
- प्रकाशित मिति:
- Published on June 3, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
हकप्रद शेयरको बाँडफाँट तथा रकम फिर्ता भुक्तानी बारेको सूचना
हिमालयन पावर पार्टनर लिमिटेडको मिति २०८२/१२/०९ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.५ शेयर (१ : ०.५) को अनुपातमा प्रति शेयर अंकित मूल्य रु.१००।- दरको ५३,२७,०८५ कित्ता हकप्रद शेयर निष्कासन गरिएकोमा रितपूर्वक आवेदन दिने ४६,७६९ जना शेयरधनीहरुलाई ४८,५८,३४५ कित्ता हकप्रद शेयर मिति २०८३/०२/१८ गते बाँडफाँट कमिटीले बाँडफाँट गरि निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिलाई सिफारिस गरिएकोमा मिति २०८३/०२/१९ गतका दिन निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँट गर्न स्वीकृति प्रदान गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
साथै आफ्नो कायम हक भन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँटमा नपरेका हकप्रद शेयर वापतको रकम यही मिति २०८३ जेष्ठ २१ गते बिहीबार देखि IPS मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएकोले आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गर्नुहुन समेत यसै सूचना मार्फत सूचित गर्दछौं।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक:
ग्लोबल आइएमई क्यापिटल लि.
Notice regarding right share allotment and refund payment for right shares
For the existing shareholders of Himalayan Power Partner Limited as of २०८२/१२/०९, a total of ५३,२७,०८५ units of right shares were issued at a face value of रु.१००।- per share, at a ratio of १ new share for every ०.५ existing shares (१ : ०.५). Out of these, ४८,५८,३४५ units of right shares were allotted to ४६,७६९ shareholders who applied properly. This notice is published for the information of all concerned, as the Allotment Committee recommended the allotment to the Board of Directors of the issuing company on २०८३/०२/१८, and the Board of Directors of the issuing company approved the allotment on २०८३/०२/१९.
Furthermore, applicants who applied for more shares than their entitled right and were not allotted shares will have their refund amount transferred to their bank accounts via IPS starting from this date, २०८३ Jestha २१, Thursday. All concerned are hereby informed to verify whether the amount has been credited to their accounts.
Securities Issue and Sales Manager:
Global IME Capital Ltd.




