शिलबन्दी बोलपत्रद्वारा शेयर बिक्री गर्ने बारेको सूचना
शिलबन्दी बोलपत्र पेश गर्ने शुरु मिति : २०८३/०२/०१
शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति : २०८३/०२/०४
हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद शेयर मिति २०८३/०१/१७ गतेका दिनदेखि बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा ४,६८,७१० कित्ता शेयरको लागि आवेदन नपरेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन नं. १५ तथा हकप्रद निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरुको दफा (ड) मा उल्लेखित प्रावधानको अधिनमा रही उक्त शेयरहरु लिलाम बढाबढ गरी बिक्री गर्न यस कम्पनीको संचालक समितिको निर्णयानुसार उक्त शेयरहरु खरिद गर्न ईच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीलाई मिति २०८३/०२/०४ गतेभित्र तल उल्लेखित संकलन केन्द्रहरुमा आईपुगेने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आव्हान गरिन्छ।
तपसिल
बिक्री गर्नुपर्ने शेयर : ४,६८,७१० कित्ता
सि.नं. बोलपत्र आवेदन फाराम पाईने र बुझाउने स्थान (संकलन केन्द्र) हरुः
१. श्री ग्लोबल आईएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं ।
२. श्री ग्लोबल आईएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु क्रमशः (१) विर्तामोड (२) हनुमानदास रोड, विराटनगर (३) जनकपुर (४) आदर्शनगर, वीरगंज (५) हेटौंडा (६) नारायणगढ (७) न्यूरोड, पोखरा (८) बुटवल-मिलनचोक (९) बागलुङ्ग (१०) नेपालगञ्ज-त्रिभुवन चोक (११) सुर्खेत (१२) घोराही, दाङ (१३) धनगढी (१४) महेन्द्रनगर ।
शर्तहरुः
- बोलपत्र आवेदन फाराम माथि उल्लेखित संकलन केन्द्रहरुबाट रु.१००।- नगद भुक्तानी गरी प्राप्त गर्न सकिने छ। साथै माथि तोकिएका ग्लोबल आईएमई बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन चाहने आवेदकहरुले सोही शाखाबाट बैंकको छाप लगाएको आवेदन फाराम खरिद गरी लिनुपर्नेछ। छाप नलगाएको आवेदन फारामलाई अयोग्य ठहर्नाई बाँडफाँटमा समावेश गरिने छैन।
- शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००।- तोकिएको हुंदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। साथै, बोलपत्र फाराम शिलबन्दी गरिएको हुनुपर्नेछ।
- बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ। अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिईनेछ। धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन। साथै, आवेदन गर्दा पूर्ण कित्तामा हुनुपर्नेछ।
- बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, टेलिफोन नम्बर तथा आफ्नो हितग्राही खाता नं. (Demat Account No.) लगायत आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा अनिवार्य उल्लेख गर्नुपर्नेछ।
- बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिनुपर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन। दशमलवमा (खण्डित रुपमा) आउने गरि शेयर आवेदन गर्न पाईने छैन। रु. ५ लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र रु. ५ लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान (PAN) आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ।
६. GICL-BTI HPPL RIGHT को नाममा खिचिएको Good for Payment Cheque लाई GICL-BTI HPPL RIGHT को बैंक खातामा जम्मा हुने गरि Clearing गर्ने व्यवस्था मिलाईने छ। साथै, IPS मार्फत भुक्तानी गरेको हकमा तपसील बमोजिमको बैंक खातामा रकम रकमान्तरण गरी सोको निस्सा बोलपत्र आवेदनसाथ संलग्न गर्नु पर्नेछ। Good for Payment को चेक जम्मा गर्नका हकमा चेक क्लियरिङ्ग शुल्क वापतको रकम आवेदक स्वयंले व्यहोर्नु पर्नेछ। Good for Payment नगरिएको चेकलाई मान्यता दिईनेछैन।
क्र.सं. बैंकको नाम खाताको नाम खाता नं.
- ग्लोबल आईएमई बैंक लि., कान्तिपथ, काठमाडौं GICL-BTI HPPL RIGHT ००९०९०००८३१८२
- शेयर खरिदका लागि आवेदन दिंदा आवेदकको नागरिकताको प्रतिलिपि तथा संस्थाले आवेदन गर्ने सम्बन्धमा माइन्यूट संलग्न गर्नु पर्नेछ।
- शिलबन्दी बोलपत्र आवेदन खाम बाहिर “श्री हिमालयन पावर पार्टनर लिमिटेडको शेयर खरिद आवेदन” उल्लेख भएको हुनु पर्नेछ।
- बोलपत्र आवेदन मिति २०८३/०२/०४ गते बैंकिङ्ग समयभित्र यस निष्काशनका लागि तोकिएको संकलन केन्द्रहरुमा दर्ता भई सक्नु पर्नेछ। कुनै शर्त राखी पेश गरेको वा रित नपुगेको बोलपत्रलाई मान्यता दिईने छैन।
- बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको शेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन।
- प्राप्त बोलपत्रहरु तोकिएका संकलन केन्द्रहरुबाट बिक्री प्रबन्धकको कार्यालयमा प्राप्त भएपश्चात् सार्वजनिक सूचना प्रकाशित गरी बोलपत्र खोलिने मिति, समय र स्थानको बारेमा जानकारी गराईनेछ।
- काबु बाहिरको परिस्थिति पर्न गई बिक्री प्रबन्धकको कार्यालयमा बोलपत्र प्राप्त हुन नसकेमा सो व्यहोरा नेपाल धितोपत्र बोर्डलाई जानकारी गराई निर्देशन बमोजिम गरिनेछ। साथै काबु बाहिरको परिस्थिति पर्न गई कुनै संकलन केन्द्रबाट बोलपत्र फाराम पठाउन नसकिने भएमा नेपाल धितोपत्र बोर्डको राय लिएर मात्र लिलाम बढाबढको प्रक्रिया अगाडी बढाईने छ।
- उपत्यका बाहिरका संकलन केन्द्रहरुबाट संकलित आवेदनहरु कुरियर मार्फत पठाउनु पर्ने भएकोले कुनै कारणवश संकलन केन्द्रबाट कुरियर मार्फत पठाईएको आवेदन फाराम प्राप्त नभएमा वा नष्ट भएमा नेपाल धितोपत्र बोर्डको राय लिएर मात्र लिलाम बढाबढको प्रक्रिया अगाडी बढाईने छ।
- प्राप्त बोलपत्रहरुको छानविन गरी रितपूर्वक प्राप्त बोलपत्रहरुमध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिनेछ। यसबाट पनि शेयर बाँकी रहेमा त्यसपछिको बढी रकम कबोल गर्नेलाई क्रमशः शेयर बाँडफाँट गरिने छ। बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा एउटै मूल्यमा दुई वा दुई भन्दा बढी बोलपत्र आवेदनहरु परेमा बढी माग गरेको शेयरलाई समानुपातिक रुपमा बाँडफाँट गर्दा समेत केही शेयर बाँकी रहन गएमा निष्काशन तथा बिक्री प्रबन्धकको संचालक समितिको निर्णयानुसार हुनेछ।
- माथि बुँदा नं. १४ बमोजिम बाँडफाँटमा परेका बोलपत्रदाताहरु मध्ये शेयर बाँडफाँट गर्न नियमनकारी निकायको स्वीकृति आवश्यक पर्ने बोलपत्रदाताहरुको विवरण सो निकायमा पेश गर्दा कदाचित नियमनकारी निकायबाट स्वीकृति प्राप्त नभएमा वा माग गरेको रकम मध्ये आंशिक रकमको लागि मात्र स्वीकृति प्राप्त भएमा सोही अनुसार बाँडफाँट गरिनेछ। यसरी गरिएको बाँडफाँट बोलपत्रदातालाई स्वीकार्य हुनुपर्नेछ।
- माथि बुँदा नं. १५ बमोजिम नियमनकारी निकायको स्वीकृति बमोजिम शेयर बाँडफाँट गर्दा शेयर बाँकी रहन गएमा बाँडफाँटमा नपरेका रितपूर्वकको आवेदन पेश गर्ने बोलपत्रदाताहरुमध्ये प्रति शेयर अधिकतम मूल्य कबोल गर्ने बोलपत्रदाताहरुलाई क्रमशः बाँकी रहेको शेयर बाँडफाँट गर्न नियमनकारी निकायको स्वीकृति आवश्यक पर्ने बोलपत्रदाताहरुको विवरण सो निकायमा पेश गरी सोही निकायको स्वीकृति अनुसार माग गरे बमोजिम वा सो को आंशिक संख्यामा शेयर बाँडफाँट गरिनेछ।
- बोलकबोल वापत जम्मा भएको रकम धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम आवेदकले आवेदन फाराममा उल्लेख गरेको बैंक खातामा जम्मा हुने IPS मार्फत फिर्ता भुक्तानी गरिनेछ। साथै यस्तो फिर्ता गरिने रकममा कुनै ब्याज प्रदान गरिने छैन।
- यस सूचना बमोजिम बिक्री गरिएको शेयरका लागि लिलाम बढाबढ गर्दा सबै शेयर खरिदका लागि दरखास्त नपरे पनि निवेदन परेको शेयर सम्बन्धित निवेदकलाई बाँडफाँट गरी बाँकी रहेको शेयर पुनः लिलाम बढाबढ गरी बिक्री गरिनेछ।
- शेयर बिक्री गर्ने वा नगर्ने वा आवेदनमा माग गरेको भन्दा कम शेयर बाँडफाँट गर्न सक्ने वा बोलपत्र आवेदन तथा शेयर बाँडफाँट सम्बन्धी कुनै विवाद उत्पन्न भएमा सो को अन्तिम निर्णय गर्ने अधिकार यस कम्पनीको संचालक समितिमा रहनेछ।
- बोलपत्र बुझाउने समयावधि भित्र कुनै सार्वजनिक विदा पर्न गएमा बोलपत्र बुझाउने म्याद थप गरिने छ।
- बोलपत्र स्वीकृत भएको खण्डमा बोलपत्र स्वीकृतिको जानकारी बिक्री प्रबन्धकको Website: globalimecapital.com मा हेर्न सक्नुहुने छ।




