हिरारत्न हाइड्रोपावर प. लि.
(काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.-२९)
विशेष साधारणसभा सम्बन्धी सूचना
प्रकाशित मिति : २०८३/०३/१२
श्री शेयरसदस्य महानुभावहरु,
यस संस्थाको संचालक समितिको मिति २०८३/०३/११ गते बसेको बैठकको निर्णय अनुसार, संस्थाको विशेष साधारण सभा तपशिल विवरणमा उल्लेखित विषय उपर छलफल तथा निर्णय गर्न विवरणमा उल्लेखित मिति, स्थान तथा समयमा बस्ने भएको हुँदा, शेयरसदस्य महानुभावहरुको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा बस्ने मिति, स्थान र समय
मिति: २०८३/०३/१२ गते विहिबार
स्थान: कम्पनीको रजिष्टर्डको कार्यालयको प्रांगण, काठमाडौं
समय: बिहान १०:०० बजे
छलफलका विषयहरु:
(१) सर्वसाधारणलाई कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा ।
(२) साधारण शेयर जारी पश्चात प्राप्त पुँजीको उपयोग सम्बन्धमा ।
(३) माथि प्रस्ताव गरिएको अनुसार कम्पनीको साधारण शेयर जारी गर्ने लगायत सो संग सम्बन्धित कार्यहरु स्वीकृतिका क्रममा कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारी निकायहरुबाट कुनै विषय, शर्तहरु लगायतमा संशोधन, फेरबदल गर्न निर्देशन प्राप्त भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायतका अन्य सुधार समेत गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।
(४) कम्पनीको प्रवन्धपत्र नियमावली संशोधन गर्ने सम्बन्धमा ।
(५) विविध सम्बन्धमा ।
संचालक समितिको आज्ञाले
(१८०८७७६४००)


