
हर्मुज तनावले कच्चा तेलको मूल्य उकालोHormuz Tensions Push Global Oil Prices Higher
अमेरिका र इरानबीच हर्मुज जलमार्ग क्षेत्रमा बढेको सैन्य तनावको असर अन्तर्राष्ट्रिय तेल बजारमा देखिन थालेको छ। पछिल्लो द्वन्द्वसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ।
विश्व बजारको प्रमुख सूचक ब्रेन्ट क्रुडको मूल्य सोमबार ४ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल ७९.२९ अमेरिकी डलर पुगेको छ। यो गत जुन २२ यताकै उच्च मूल्य हो।
अमेरिकी सेनाले इरानका सैन्य संरचनामाथि आक्रमण गरेको र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी मुलुकतर्फ क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेपछि हर्मुज क्षेत्रमा तनाव थप चुलिएको हो।
हर्मुज जलडमरूमध्य विश्वको प्रमुख तेल आपूर्ति मार्गमध्ये एक हो। यहाँ जहाज आवागमनमा आएको कमीले बजारमा आपूर्ति अवरोधको चिन्ता बढाएको छ, जसको प्रत्यक्ष प्रभाव तेलको मूल्यमा परेको छ।
गत महिना अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने समझदारीपछि तेलको मूल्य केही स्थिर बनेको थियो। तर पछिल्लो सैन्य तनावले पुनः बजारमा अनिश्चितता बढाएको छ। पछिल्लो वृद्धिसँगै कच्चा तेलको मूल्य द्वन्द्व सुरु हुनुअघिको स्तरभन्दा करिब ९ प्रतिशत माथि पुगेको बताइएको छ।
Rising military tensions between the United States and Iran over the strategically important Strait of Hormuz have begun affecting global energy markets, with crude oil prices increasing sharply in recent trading.
The international benchmark Brent crude price climbed more than 4 percent on Monday, reaching $79.29 per barrel. It marked the highest level since June 22, reflecting growing concerns over possible disruptions in global oil supplies.
The latest increase followed a series of military exchanges between Washington and Tehran. The United States said it carried out strikes on Iranian military facilities, while Iran responded with missile and drone attacks targeting several US-allied countries in the Gulf region.
The Strait of Hormuz is one of the world’s most critical energy routes, carrying a significant portion of global oil shipments. Reduced shipping activity in the area has raised fears of supply disruptions, putting additional pressure on international markets.
Oil prices had earlier stabilised after the United States and Iran reached an understanding aimed at ending hostilities last month. However, renewed military confrontation has brought fresh uncertainty, pushing crude prices nearly 9 percent higher compared with the period before the initial escalation of the conflict.


