दोस्रो वार्षिक साधारण सभासम्बन्धी सूचना
श्री शेयरधनी महानुभावहरू,
मिति २०८३ श्रावण ३१ गते (१६ अगस्ट २०२६) आइतबारका दिन बसेको यस होटल सारथी लिमिटेडको सञ्चालक समितिको २८औं बैठकको निर्णय बमोजिम यस कम्पनीको दोस्रो वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले उक्त साधारण सभामा शेयर धनीहरू स्वयं वा रीतपूर्वकको प्रतिनिधिद्वारा सहभागी हुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
१. सभा हुने मिति, स्थान र समय
मिति : २०८३ आश्विन ४ गते आइतबार (२० सेप्टेम्बर २०२६)
समय : दिनको १२:०० बजे।
स्थान : होटल सारथी लिमिटेडको सभा हल, धुलिखेल - ८, रिसोर्ट मार्ग
२. साधारण सभामा छलफल हुने विषयहरू :
(क) सामान्य प्रस्ताव
(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने।
(२) लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८२/०८३ को वासलात, आयव्यय हिसाब र सोहि अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने।
(३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।
(४) कम्पनीको चुक्ता पूँजीको २.७८९४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि समेत) वितरणसम्बन्धी प्रस्ताव पारित गर्ने।
(ख) विशेष प्रस्ताव
(१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८२/०८३ को वितरण योग्य मुनाफाबाट चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने।
(२) कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने।
(३) कम्पनीको प्रबन्धपत्रको दफा ६(ख) र ६(ग) संशोधन गर्ने।
(४) जारी पुँजीको ३० प्रतिशत साधारण शेयर जारी गर्ने प्रस्तावलाई निरन्तरता दिने।
(ग) विविध।
- सभासम्बन्धी अन्य जानकारीहरू
- शेयरधनी हाजिरी पुस्तिका मध्याह्न ११:०० बजेदेखि खुल्ला रहनेछ।
- शेयरधनी लगतमा नाम उल्लेख भएका शेयरधनी आफै उपस्थित हुनुपर्नेछ। आफै उपस्थित हुन नसकेमा अन्य कुनै शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) मार्फत उपस्थित हुन सक्नेछन्।
- प्रतिनिधि तोकिएका पत्र सभा हुनुभन्दा २४ घण्टा अगावै रजिस्ट्रर्ड कार्यालयमा दर्ता गराउनुपर्नेछ।
- संस्थागत शेयरधनीले अख्तियारीसहित प्रतिनिधि पठाउनुपर्नेछ।



