NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  1. News
  2. Education
  3. How to Analyze a Company's Stock ?
 शेयर बजार : कम्पनीको  विश्लेषण कसरी गर्ने ?
Education
3 min read
Published on June 15, 2024
NEPSE trading

शेयर बजार : कम्पनीको विश्लेषण कसरी गर्ने ? How to Analyze a Company's Stock ?

कुनै पनि कम्पनीमा लगानी गर्नुअघि कम्पनीको बारेमा धेरैभन्दा धेरै जानकारी लिनुपर्दछ। यसरी जानकारी लिनको लागि कम्पनीको विभिन्न पक्षहरूको अध्ययन तथा विश्लेषण गर्नुपर्छ। यसरी कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन गर्नुपर्छ। यसको संक्षिप्त चर्चा यहाँ गरिएको छ:

१. सूचना संकलन

कम्पनीको वार्षिक तथा त्रैमासिक प्रतिवेदनहरू, वित्तीय प्रतिवेदनहरू, तथा कम्पनी सम्बन्धी विभिन्न समाचारहरू खोज्नुहोस्। यी सामग्रीहरू सामान्यतया कम्पनीको वेबसाइट, स्टक एक्सचेन्ज वा अनलाइन न्यूज पोर्टलहरूमा पाइन्छ।

कम्पनीमा काम गर्ने विभिन्न तहका कर्मचारीहरूबाट समेत कम्पनीका सम्बन्धमा जानकारी प्राप्त गर्न सकिन्छ। कम्पनीको व्यवसाय सम्बन्धी समाचार र जानकारी संकलन गर्नुहोस्। कम्पनीसँग सम्बन्धित समाचारहरूबारे अद्यावधिक हुनुहोस्।

२. वित्तीय विवरण विश्लेषण

कम्पनीको आय विवरण, वासलात, र नगद प्रवाह विवरण समीक्षा गर्नुहोस्। प्रमुख वित्तीय अनुपातहरू विश्लेषण गर्नुहोस्:

प्रति शेयर आम्दानी (EPS): प्रति शेयर आम्दानीले कारोबारको नाफा आकलन गर्छ। कम्पनीको नाफा बुझ्नको लागि यो महत्वपूर्ण सूचक हो।

मूल्य–आय अनुपात (P/E Ratio): यसले कम्पनीको बजार मूल्यलाई प्रति शेयर नाफासँग तुलना गरेर मूल्यांकन गर्छ। उच्च P/E अनुपातले भविष्यमा महत्वपूर्ण वृद्धिको अपेक्षा देखाउँछ।

मूल्य–बिक्री अनुपात (P/S Ratio): यो बजार पूँजीकरणलाई कम्पनीको वार्षिक आम्दानीसँग तुलना गर्छ। कम अनुपातले सतर्कता संकेत गर्छ भने उच्च अनुपातले उच्च वृद्धिको सम्भावना देखाउँछ।

डेब्ट–इक्विटी अनुपात: यसले कम्पनीको कुल ऋण र शेयरधनीको इक्विटीको तुलना गरेर व्यवसायको पूँजी संरचना देखाउँछ। ठूलो अनुपातले ऋणमा ठूलो निर्भरता संकेत गर्छ।

इक्विटीमा प्रतिफल (ROE): यसले कम्पनीको नाफालाई शेयरधनीको इक्विटीसँग तुलना गर्छ। उच्च ROE ले पूँजीको प्रभावकारी प्रयोग देखाउँछ।

सम्पत्तिमा प्रतिफल (ROA): यसले कम्पनीको स्वामित्वमा भएका सम्पत्तिहरूको तुलनामा व्यवसाय कत्तिको लाभदायक छ भन्ने देखाउँछ।

३. प्रतिस्पर्धी विश्लेषण

कम्पनीको वित्तीय कार्यसम्पादनलाई उही उद्योगका प्रतिस्पर्धीहरूसँग तुलना गर्नुहोस्। आयवृद्धि, नाफा, र नियम–कानूनको परिपालनाको सन्दर्भमा कसरी काम गरिरहेको छ हेर्नुहोस्। कम्पनीको शेयर मूल्य र प्रतिस्पर्धात्मक क्षमतालाई विचार गर्नुहोस्।

४. व्यवस्थापन र नेतृत्व

कम्पनीको व्यवस्थापन टोलीको क्षमता र विज्ञतालाई मूल्यांकन गर्नुहोस्। विगतमा चुनौतीहरू कसरी समाधान गरेका थिए हेर्नुहोस्। कम्पनीका सञ्चालक, कम्पनीको शेयर स्वामित्व संरचनालाई हेर्नुहोस्। यसले शेयरधनीहरूको चासो र व्यवस्थापनको शैली मेल खान्छ कि खाँदैन भन्ने संकेत दिन्छ।

५. समग्र उद्योग विश्लेषण

कम्पनी सम्बद्ध उद्योग क्षेत्र फैलँदो छ कि संकुचित हुँदैछ भन्ने विश्लेषण गर्नुहोस्। कुनै नियामकीय वा प्राविधिक परिवर्तन हुँदैछ कि विचार गर्नुहोस्। कम्पनीका उत्पादन वा सेवा समग्र उद्योगको उद्देश्य अनुरूप छ कि छैन हेर्नुहोस्।

६. SWOT विश्लेषण

संगठनको आन्तरिक शक्ति, कमजोरी, बाह्य अवसर, र जोखिमको अध्ययनलाई SWOT विश्लेषण भनिन्छ। यसले परियोजना वा व्यवसायमा प्रभाव पार्ने कारकतत्वहरू पत्ता लगाउन र मूल्यांकन गर्न मद्दत गर्छ। यसले कम्पनीको शक्ति प्रयोग गर्ने, कमजोरीहरू समाधान गर्ने, अवसरहरूको सदुपयोग गर्ने, र जोखिम न्यूनीकरण गर्ने रणनीति बनाउने मद्दत गर्छ।

७. लाभांश

कम्पनीले विगतमा वितरण गरेको लाभांश भुक्तानी अनुपात विश्लेषण गर्नुहोस्। निरन्तर रूपमा एकनाशको वा प्रत्येक वर्ष बढाएर लाभांश वितरण गर्ने कम्पनी दीर्घकालीन लगानीका लागि उपयुक्त हुन्छन्।

८. शेयर मूल्यांकन

कम्पनीको शेयर वास्तविक भन्दा कम मूल्यमा, उचित मूल्यमा, वा अधिक मूल्यमा कारोबार भइरहेको छ केलाउनुहोस्। नगद प्रवाह समायोजन विधि, लाभांश समायोजन विधि, तुलनात्मक कम्पनी विश्लेषण लगायत विभिन्न मूल्यांकन विधिको बारेमा जानकारी लिनुहोस्।

९. जोखिम मूल्यांकन

नियामकीय परिवर्तन, आर्थिक अवस्था, वा प्रतिस्पर्धात्मक जोखिम जस्ता कम्पनीको शेयर मूल्यलाई असर गर्न सक्ने सम्भावित जोखिम पहिचान र मूल्यांकन गर्नुहोस्।

१०. भविष्यको वृद्धि सम्भावना

कम्पनीको वृद्धि क्षमता विचार गर्नुहोस्। भविष्यमा वृद्धिलाई तीव्र बनाउने गरी कम्पनीका लागि नयाँ बजार छ कि छैन? कम्पनीले नयाँ उत्पादन गर्दैछ वा नयाँ रणनीति बनाएको छ कि छैन हेर्नुहोस्।

११. अनुगमन र समीक्षा

निरन्तर रूपमा कम्पनीको कार्यसम्पादन र समाचारहरूको निगरानी गर्नुहोस्। परिवर्तनशील परिस्थिति अनुसार आफ्नो लगानी निर्णयलाई समायोजन गर्नुहोस्।

शेयर विश्लेषण गर्न वित्तीय कौशल, उद्योगको ज्ञान र तपाईंको आफ्नै लगानी लक्ष्यहरू र जोखिम सहनशीलतालाई स्पष्ट रूपमा बुझेको हुनुपर्छ। तपाईं विश्लेषणको कुनै पनि पक्षमा अनिश्चित हुनुहुन्छ भने विज्ञसँग परामर्श गर्न सक्नुहुन्छ।

Before investing in any company, it is crucial to gather as much information as possible. To do this, one needs to study and analyze various aspects of the company. This involves evaluating its financial health, performance, stock price, growth potential, and other factors that may affect these areas. Here's a brief discussion on how to analyze a company's stock:

1. Information Gathering

Gather the company's annual and quarterly reports, financial statements, and relevant news. These materials are typically available on the company's website, stock exchanges, or online news portals.

You can also obtain information from employees at various levels within the company. Stay updated with news and information related to the company.

2. Financial Statement Analysis

Review the company's income statement, balance sheet, and cash flow statement. Analyze key financial ratios:

Earnings Per Share (EPS): This financial indicator measures the profitability per share of the company's stock. A higher EPS indicates better earnings.

Price-to-Earnings Ratio (P/E Ratio): This ratio helps evaluate the company's value by comparing its market price to its earnings per share. A high P/E ratio indicates high growth expectations, while a low P/E ratio may suggest weaker growth prospects.

Price-to-Sales Ratio (P/S Ratio): This ratio compares the company’s market capitalization to its annual revenue. A low ratio warns investors to be cautious, while a high ratio suggests potential high growth.

Debt-to-Equity Ratio: This ratio compares the company's total debt to shareholders' equity, showing the capital structure of the business. A high ratio indicates heavy reliance on debt, which increases risk.

Return on Equity (ROE): This ratio compares the company's net income to shareholders' equity, showing how effectively the company uses shareholders' money to generate profit.

Return on Assets (ROA): This measures the company's profitability relative to its total assets, showing how efficiently the company uses its assets to generate income.

3. Competitive Analysis

Compare the company's financial performance with its industry competitors. Look at revenue growth, profitability, and regulatory compliance. Consider the company’s stock price and competitive position.

4. Management and Leadership

Evaluate the capability and expertise of the company's management team. Investigate their track record in addressing past challenges. Examine the board of directors and the company's ownership structure to see if it aligns with shareholders' interests.

5. Industry Analysis

Analyze whether the industry the company is involved in is expanding or contracting. Consider any regulatory or technological changes. Ensure that the company’s products or services align with industry trends.

6. SWOT Analysis

Conduct a SWOT (Strengths, Weaknesses, Opportunities, and Threats) analysis. This helps identify and evaluate factors affecting the business. Companies use SWOT analysis to leverage strengths, address weaknesses, exploit opportunities, and mitigate threats, helping them achieve their goals.

7. Dividends

Analyze the company's historical dividend payments. Companies that consistently pay or increase dividends each year are usually suitable for long-term investments.

8. Stock Valuation

Determine if the company’s stock is undervalued, fairly valued, or overvalued. Learn about various valuation methods such as discounted cash flow (DCF) analysis, dividend discount model (DDM), and comparative company analysis.

9. Risk Assessment

Identify and evaluate potential risks that could affect the company’s stock price, such as regulatory changes, economic conditions, or competitive risks.

10. Future Growth Potential

Consider the company’s growth prospects. Are there new markets for expansion? Is the company developing new products or strategies to accelerate growth?

11. Monitoring and Review

Continuously monitor the company's performance and news. Adjust your investment decisions based on changing circumstances.

Analyzing stocks requires financial skills, industry knowledge, and a clear understanding of your own investment goals and risk tolerance. If you are uncertain about any aspect of the analysis, consult with a financial expert.

Trending News

  • Trending2 Jul, 2026

    नेप्सेको आजको चार्टले के भन्छ : सन्तुलनको धरातलमा उभिएको बजारNEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending

    Read news
  • Trending2 Jul, 2026

    चीनको बेइजिङमा नेपाल लगानी सम्मेलन, २०० भन्दा बढी लगानीकर्ता सहभागी हुनेNepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected

    Read news
  • Trending2 Jul, 2026

    सरकारको १०० दिनमा आर्थिक सुधारको सकारात्मक संकेत देखिएको दाबीGovernment Claims Early Economic Gains Amid Reform Drive

    Read news

Related News

  • NEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending
    Investor

    3 min read

    नेप्सेको आजको चार्टले के भन्छ : सन्तुलनको धरातलमा उभिएको बजारNEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Nepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected
    Top

    1 min read

    चीनको बेइजिङमा नेपाल लगानी सम्मेलन, २०० भन्दा बढी लगानीकर्ता सहभागी हुनेNepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Government Claims Early Economic Gains Amid Reform Drive
    Top

    2 min read

    सरकारको १०० दिनमा आर्थिक सुधारको सकारात्मक संकेत देखिएको दाबीGovernment Claims Early Economic Gains Amid Reform Drive

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Draft Company Law Amendment Proposes Stronger Investment Protection for Infrastructure Projects
    Investor

    1 min read

    कम्पनी ऐन संशोधन मस्यौदामा पूर्वाधार लगानीकर्तालाई नयाँ सुरक्षाDraft Company Law Amendment Proposes Stronger Investment Protection for Infrastructure Projects

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Foreign Exchange Rates: Dollar Selling Rate at Rs 151.76, Kuwaiti Dinar the Most Expensive
    Investor

    1 min read

    विदेशी मुद्रा विनिमय दर : डलरको बिक्री मूल्य १५१.७६ रुपैयाँ, कुवेती दिनार सबैभन्दा महँगोForeign Exchange Rates: Dollar Selling Rate at Rs 151.76, Kuwaiti Dinar the Most Expensive

    Dipesh Ghimire

    ·

    1 Jul, 2026