हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका शेयरधनी महानुभावहरूलाई विशेष साधारण सभाको सूचना ।
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२३)
श्री आदरणीय शेयरधनी महानुभावहरू,
यस हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको मिति: २०८३/०५/०७ मा बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको विशेष साधारण सभा निम्न मिति, समय तथा स्थानमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रेषित गरिएको छ।
१. सभाको मिति, समय तथा स्थान:
मिति: २०८३/०६/०७ (२३ सेप्टेम्बर, २०२६)
समय: ३:०० बजे ।
स्थान: काठमाडौं जिल्ला, का.म.न.पा., वडा नं.०१ स्थित होटल याक एण्ड यति (Hotel Yak & Yeti) को सभाहलमा आयोजना हुनेछ।
२. सभामा छलफल हुने प्रस्तावहरू:
क) सामान्य प्रस्ताव:
१. स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने सम्बन्धमा ।
ख) विशेष प्रस्ताव:
- कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ख) बमोजिम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढी भएको कर्जा अनुमोदन गर्ने सम्बन्धमा ।
- कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ख) को अनुपालनाको लागि कर्जा सिमा वृद्धि गर्ने सम्बन्धमा ।
- कम्पनीको पुँजी वृद्धिको लागि प्रबन्धपत्रको दफा ६ को (क), (ख), (ग) र (घ) मा संशोधन गर्ने सम्बन्धमा ।
- कम्पनीको नियमावलीको नियम ३५ र ३६ मा संशोधन गर्ने सम्बन्धमा ।
- कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिमको सीमा भन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सहायता रकमलाई अनुमोदन गर्ने सम्बन्धमा ।
- कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमानुसार संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी वा नियामक निकाय कार्यालयले कुनै फेरबदल संशोधन परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुसार आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समितिलाई पूर्ण अधिकारप्रदान गर्ने सम्बन्धमा ।
ग) विविध:
शेखर गोल्छा
सञ्चालक/अध्यक्ष



