आईएमई लिमिटेडको
छब्बिसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
आदरणीय शेयरधनी महानुभावहरू,
यस आईएमई लिमिटेडको मिति २०८३/०५/२२ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको आ.ब. २०८२/०८३ को वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । वार्षिक साधारण सभाका दिन निम्न मिति, स्थान र समयमा शेयरधनीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
सभा हुने मिति स्थान र समय:
मिति : २०८३ साल असोज महिना १४ गते, बुधबार (September 30, 2026)
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, आईएमई कम्प्लेक्स पानीपोखरी, काठमाण्डौं ।
सभा शुरु हुने समय : अपरान्ह ४:०० बजे ।
छलफलका विषयहरू :
क. सामान्य प्रस्तावहरू:
- सञ्चालक समितिको आ.ब २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
- लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तको वासलात तथा मिति २०८२ श्रावण १ देखि २०८३ आषाढ मसान्त सम्मको नाफा-नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने ।
- यस कम्पनीको सहायक कम्पनी आईएमई खल्ती लिमिटेडको आ.ब. २०८२/०८३ को वित्तीय विवरण सहितको (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।
- कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.ब.२०८३/०८४ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
- २०% (कर समेत) नगद लाभांश बितरण गर्ने सम्बन्धमा ।
ख. विविध ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव



