सुन र चाँदीको मूल्यमा वृद्धि, चाँदीले नयाँ रेकर्ड बनायो
Author
NEPSE TRADING

मंसिर २६ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यस दिन सुनको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् बिहीबार, यस्तो सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला तीन हजार ९०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो। बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीले सो रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो।


