
बढ्दो तरलता र घट्दो ब्याजदर Increasing Liquidity and Declining Interest Rates
सरकारले आउँदो मंगलबार २८ अर्ब १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। तरलता बढ्दै र ब्याजदर घट्दै जाँदा आन्तरिक ऋण परिचालनलाई प्राथमिकता दिँदै तीन प्रकारका ट्रेजरी बिल जारी गर्न लागिएको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिका बिल जारी हुनेछ। १८२ दिनका लागि १३ अर्ब र ३६४ दिनका लागि २ अर्ब रुपियाँ नवीकरण गरिनेछ भने ९१ दिनका लागि ८ अर्ब १ ० करोड पुरानो र ५ अर्ब नयाँ बिल जारी गरिनेछ। आवेदन सोमबारसम्म दिन सकिनेछ।
The government is set to sell treasury bills worth Rs. 28.10 billion next Tuesday. With liquidity increasing and interest rates falling, the government is prioritizing internal debt operations by issuing three types of treasury bills. According to the Public Debt Management Office, bills will be issued for 91 days, 182 days, and 364 days. Of these, Rs. 13 billion will be renewed for 182 days, and Rs. 2 billion will be renewed for 364 days. For 91 days, Rs. 8.10 billion of old bills will be renewed and an additional Rs. 5 billion of new bills will be issued. Applications can be submitted by Monday.




