·

शेयर बजार मैत्री नीति आउने संकेत, माइक्रोफाइनान्समा लगानीकर्ताको चाम

Author

NEPSE trading

शेयर बजार मैत्री नीति आउने संकेत, माइक्रोफाइनान्समा लगानीकर्ताको चाम

नेपाली शेयर बजारमा लगातार तेस्रो दिन पनि हरियाली देखिएको छ । नेप्से परिसूचक यस दिन २८.९१ अंकले वृद्धि भई २,६६०.३९ विन्दुमा पुगेको छ । पछिल्ला दिनहरूमा २६ सयको आसपासमा बलियो सपोर्ट बनाएर स्थिर देखिएको सूचकले तीन दिनयता सुधार देखाउँदै आएको छ । यो वृद्धिले लगानीकर्तामा बजारप्रति आत्मविश्वास बढाएको छ ।

करेक्सनपछि धेरै कम्पनीहरूको शेयर मूल्य तुलनात्मक रूपमा सस्तो बनेपछि लगानीकर्ताको आकर्षण ती स्टकहरूमा बढेको छ। असार लागेपछि दबाबमा आएको बजार पुनः लयमा फर्कने संकेत देखिँदै गर्दा दीर्घकालीन लगानीकर्तादेखि सर्ट टर्म ट्रेडरहरू समेत सक्रिय देखिएका छन् ।

बैंकमा पर्याप्त तरलता र ब्याजदरमा क्रमिक गिरावट आए पनि यसले सुरुवातमा बजारमा प्रत्यक्ष असर पार्न सकेको थिएन। तर, लगानीकर्ताहरूले अब ती मौद्रिक सूचकहरूको असर बजारमा देखिन थालेको विश्वास गर्न थालेका छन्। बजारको बियरिस ट्रेन्ड अन्त्य भई बुलिस संकेत देखिन थालेको धेरैको ठम्याइ छ ।

बजार विश्लेषकहरूका अनुसार, नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटिरहेको र यसपटक शेयर बजार मैत्री नीति आउने संकेतले बजारमा सकारात्मक तरंग फैलाएको हो। विशेषतः लघुवित्त क्षेत्रमा देखिएको सुधार र चपलता बजारलाई थप बल मिलेको पक्ष मानिएको छ ।

कारोबार रकम पनि यस दिन उल्लेखनीय रूपमा बढेको छ। सोमबार ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो भने मंगलबार ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँबराबरको कारोबार भएको हो। यो रकम पछिल्लो केही हप्ताको तुलनामा उच्च हो, जसले बजारमा सक्रियता र विश्वास दुवै बढेको संकेत गर्छ ।

मंगलबार १३ मध्ये ११ उपसमूहको सूचक हरियालीमा देखियो । लगानी उपसमूह २.३८ प्रतिशतले बढ्दै अग्रपंक्तिमा रह्यो । लघुवित्त उपसमूह २ प्रति शतभन्दा बढीले बढेको हो भने बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उक्लिएका छन् । उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह भने सामान्य घटेका छन् । यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको शेयरमूल्य ९.८७ प्रतिशतले बढेको छ। बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य ८.५ प्रतिशतले बढेको हो भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य पनि ८ प्रतिशतभन्दा बढीले उक्लिएको छ । विपरीत, युनिलिभर नेपालको शेयर मूल्य २.१३ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ४६ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछिको स्थानमा राधी विद्युत कम्पनी रहँदै ४५ करोड ५० लाखभन्दा बढीको कारोबार भएको छ । बुटवल पावर कम्पनीले पनि करिब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । समग्रमा भन्नु पर्र्दा लगातारको वृद्धिले बजारमा नयाँ ऊर्जा भरेको छ । लगानीकर्ताहरूको नजर अब आगामी मौद्रिक नीतिमा केन्द्रित छ । यदि उक्त नीति शेयर बजार अनुकूल आयो भने बजारले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ । तर, बजारको अनिश्चितता तथा उतारचढावलाई ध्यानमा राख्दै सजग र विवेकपूर्ण लगानी आवश्यक छ ।

अब लागौ प्रविधिक विश्लेषण तर्फ

स्पिनिङ टप भ्यालिडेसन र ब्रेकआउट क्लोज
असार १६ गतेको कारोबारले नेपाली शेयर बजार (NEPSE) लाई टेक्निकल चार्टमा एकदमै महत्वपूर्ण मोडमा पुर्‍याएको छ। हिजोको सेसनमा बनेको स्पिनिङ टप क्यान्डललाई आजको बुलिस क्यान्डलले कन्फर्म गर्दै मिडल ब्यान्ड (20MA) र 50-Day Moving Average लाई क्लिन ब्रेक गर्दै क्लोज भएको छ। यसले बजारमा खरिद पक्षको स्पष्टता देखाएको छ र आगामी सेसनहरूमा बजार अझै माथि जान सक्ने प्राविधिक आधार तयार पारेको छ।

चार्टमा दीर्घकालीन डाउन ट्रेन्डलाइन र लगातार बनिरहेको descending triangle pattern लाई आजको सेसनले माथिबाट ब्रेक गर्न खोजेको देखिन्छ। यो ब्रेकअउट कायम रह्यो भने बजारमा ठूलो बुलिस मूभमेन्ट सम्भावित हुन्छ। विशेषगरी, ट्रायाङ्गलको लोवर सपोर्ट लाइन लामो समयदेखि २६ सयको आसपासमा बलियो टेक बनेको थियो। अब त्यो क्षेत्रबाट अपसाइड ब्रेकआउटले टेक्निकल इनर्जी प्रदान गरेको छ।
हाल MACD जिरो लाइनभन्दा तल भए पनि बुलिस क्रसओभरको नजिक पुगेको छ। यसले आगामी दिनमा momentum reversal तर्फको इङ्गित दिन्छ। RSI पनि 50 माथि टेकेर बिस्तारै बाउन्स देखिन थालेको छ, जुन सकारात्मक संकेत हो। यदि RSI ले 60-70 को जोन पार गर्छ भने मजबुत अपट्रेंड कन्फर्म हुनेछ।
आजको सेसनमा हिजोको तुलनामा कारोबार रकम थोरै बढेको देखिन्छ, जसले बजारमा खरीद चाप कायम रहेको देखाउँछ। विशेष कुरा के देखिएको छ भने, आज १० ठूला ब्रोकरहरूको खरीद तथा बिक्री बराबर देखिएको छ, जसले सन्तुलित बजार संकेतिकता दिएको छ। यसले संस्थागत लगानीकर्ताको उपस्थिति सक्रिय रहेको देखाउँछ।
आजको सेसनमा हाईड्रोपावर समूहको कारोबार हिस्सा क्रमशः घट्दो क्रममा देखिएको छ। हिजोको तुलनामा ४% ले घटेर आज ५४% मा झरेको छ। यता, इनभेष्टमेन्ट, माइक्रोफाइनान्स र विकास बैंक समूहहरूको कारोबार हिस्सा बिस्तारै बढिरहेको छ। यसले बजारमा क्षेत्रगत रोटेशन हुँदै गएको देखिन्छ, जहाँ लगानीकर्ता नयाँ सेग्मेन्टतर्फ ध्यान केन्द्रित गरिरहेका छन्। जम्मा करिब २९ अंकले बजार बढ्दा पनि ट्रेडिङम्यानुफ्याक्चरिङ उपसमूहले नकारात्मक कारोबार देखाएका छन्। यसले बजार वृद्धि व्यापक भए पनि सबै सेग्मेन्टले साथ नदिएको प्रस्ट हुन्छ। यस्तो परिदृश्य प्राविधिक विश्लेषकहरूका लागि मिश्रित संकेत हुनसक्छ।
आजको अन्तिम १५ मिनेटको वेटेज समयमा बजार फेरि २ अंकभन्दा बढीले घटेको देखियो।

अब लागौ ब्रोकरको विश्लेषण तर्फ

ब्रोकर क्रियाकलापको विवरण हेर्दा ब्रोकर नम्बर ५८ सबैभन्दा अगाडि देखिएको छ। यस ब्रोकरले कुल ८७ करोड ४९ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार गर्दै कुल बजार कारोबारको १२.४४ प्रतिशत हिस्सा ओगटेको हो । ब्रोकर ५८ ले ४९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरिद र ३७ करोड ९८ लाख रुपैयाँको बिक्री गरेको छ ।

यसैगरी, अन्य सक्रिय ब्रोकरहरूमा ब्रोकर ३४ ले ५५ करोड १८ लाख रुपैयाँको कारोबार गर्दै दोस्रो स्थान ओगटेको छ । यद्यपि, उक्त ब्रोकरको द्यगथ÷क्भिि च्बतष्य ०.९२ रहेकोले बिक्री पक्ष थोरै बलियो देखिएको छ ।

तेस्रो स्थानमा ब्रोकर ३९ रहेको छ, जसले ४७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । खरिद र बिक्री करिब बराबर देखिँदा यसको द्यगथ÷क्भिि च्बतष्य १.०३ रहेको छ ।

ब्रोकर ४२ ले ४४ करोड ८९ लाख रुपैयाँको कारोबार गरे पनि खरिद (४५.३६%) भन्दा बिक्री (५४.६४%) बढी भएकाले यसको द्यगथ÷क्भिि च्बतष्य ०.८३ मा झरेको छ, जुन नेट सेलर स्थितिको संकेत हो ।

आजको कारोबार विवरणले देखाउँछ कि बजारमा खरिद पक्ष बलियो रहेको छ, विशेषतः ब्रोकर ५८, ४४ र ४९ जस्ता ब्रोकरमार्फत । संस्थागत लगानीकर्ता र ठूला ट्रेडरहरू यिनै ब्रोकरहरूमार्फत सक्रिय भएको अनुमान गर्न सकिन्छ । यो गतिविधिले बजारको हालको सकारात्मक ट्रेन्डलाई थप समर्थन प्रदान गर्ने देखिन्छ ।

आजको बजारमा सप्तकोसी विकाश बैंक ८८ नं.को ब्रोकरबाट आज भएको कुल बाईको ३३ प्रतिशत अर्थात ७५ हजार कित्ता लगानीकर्ताले खरीद गरेको देखिन्छ । त्यहि स्टकमा ८८ बाट नै ७३ हजार कित्ताको सेल आज आएको छ । त्यहि कारण यसलाई म्याचिङ गरेर चलखेल भएको हुन सक्ने आंकलन गरीएको छ । त्यस्तै, आज ५८ नं. ब्रोकरबाट एन आर एन कुल बाईको ३३ प्रतिशत अर्थत ७३ हजार कित्ता लगानीकर्ताले उठाएका छन् । त्यसैगरी ग्लोबल आइएमई बैंक २८ बाट सबै भन्दा बढी ३० प्रतिशत खरीद गरीएको छ । यता सेल तर्फ छ्याङदी हाइड्रो ४७ बाट कुल सेलको ३४ प्रतिशत लगानीकर्ताले फालेका छन् । सी एच डी सी ३९ बाट लगानीकर्ताले करीब ५० प्रतिशत खरीद गरेको देखिन्छ ।

Related News